कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

काठमाडौं — वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा हालै हङकङमा सम्मानित भएका छन् । हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको सुमधुर सांगीतिक सौगात–२०१७ को क्रममा बाँस्कोटा सम्मानित भएका हुन् ।

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित


विपन्नहरूको उपचार कोष निर्माणको सहयोगार्थ आयोजित सांगीतिक सौगातको प्रमुख अतिथिको रूपमा हङकङ निम्त्याइएको बाँस्कोटाले कार्यक्रममा आधा दर्जन आफ्ना गीतहरूसमेत प्रस्तुत गरे । ‘हङकङमा बस्दै आएका नेपालीहरू आफ्नो सांस्कृतिकपन जोगाउन निकै क्रियाशील रहेको पाएँ,’ हालै नेपाल फर्केका बाँस्कोटाले भने, ‘उनै नेपालीको तर्फबाट सम्मान पाउँदा खुसी छु ।’
सांगीतिक सौगातको आकर्षणको रूपमा भने अभिनेत्री केकी अधिकारीदेखि गायकाद्वय केन्जलमेहर श्रेष्ठ, प्रकृति थलाङ र हास्यकलाकार शेरबहादुर गुरुङको पनि सहभागिता रहेको थियो । केकीले फिल्मको गीतमा नृत्य गरेकी थिइन् भने शेरबहादुरले हास्य प्रस्तुति दिएका थिए ।

प्रकाशित : मंसिर २७, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?