चौधरीलाई विजयी प्रमाणपत्र दिलाउन सरकारसँग माग

कान्तिपुर संवाददाता

सोल — प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् ।


कोरियाका आदिवासी जनाजति महासंघ र थारु कल्याणकारी सभाले छुट्टा छुट्टै विज्ञप्ति निकालेर गत मंसिर २१ गते भएको निर्वाचनबाट कैलाली क्षेत्र नं. १ बाटनिर्वाचित चौधरीलाई प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका हुन् । ती संस्थाहरुले विज्ञप्तिमार्फत चौधरीलाई तत्काल प्रमाण पत्र दिलाउन नेपाल सरकारलाई माग गरेका छन् ।
भूमिगत रहेरै निर्वाचनमा उम्मेदवारी दिएका चौधरी ३४ हजार ३४१ मत ल्याइ प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
'टिकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरी दोषी हुन् वा होइनन् यो निर्वाचन आयोगको काम होइन, यो अदालतको काम हो र अदालतले प्रमाणित नगरेसम्म कसैलाई अपराधी भन्ने अधिकार छैन' विज्ञप्ति छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : पुस ४, २०७४ १७:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

माइतीघर मण्डलामा धर्ना
रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश राजधानीको माग राख्दै मंगलबार पनि धनकुटामा स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । अपरान्हदेखि सयौंको संख्यामा भेला भएका स्थानीयले प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

धनकुटा बजारस्थित मदनचोकबाट ऱ्यालीसहित बजारका विभिन्न स्थानको परिक्रमापछि कोणसभा गरिएको थियो । वक्ताहरुले पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित जिल्लालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने जोड दिएका छन् । प्रदेशको राजधानी माग गर्दै धनकुटामा विगत पॉच दिनदेखि आन्दोलन जारी छ ।
यसैगरी, काठमाडौंमा बस्दै आएका धनकुटाका नागरिकले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, उद्योगमन्त्री सुनिलबहादुर थापा, निवर्तमान सांसद् मनोहरनारायण श्रेष्ठ, उदय नेपाली, प्रदेशसभाका सदस्य निरन राई तथा इन्द्रमणि पराजुली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर शकुन्तला बस्नेत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेलगायत धर्नामा सामेल थिए ।
पर्याप्त पुर्वाधार तथा भौगोलिक रुपम केन्द्रमा रहेको धनकुटामा राजधानी तोक्न वक्ताहरुले माग गरे ।

प्रकाशित : पुस ४, २०७४ १६:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT