सिचुवानमा नेपाली तस्बिर

चेतनाथ आचार्य

बेइजिङ — चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दुमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दुको पर्यटकीय स्थल वाइड न्यारो एलेमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटा राखिएका छन् ।

छन्दु नेपालमा चिनियाँ पर्यटक भित्र्याउने महत्त्वपूर्ण हब मानिन्छ । यहाँबाट दैनिक एयर चाइना र सिचुवान एयरलाइन्सले काठमाडौंमा उडान गर्दै आएका छन् ।

दैनिक हजारौं पर्यटक आवतजावत गर्ने खुला सडकमा राखिएका फोटोले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न सघाउ पुर्‍याउने उद्देश्यले खुला स्थानमा प्रदर्शनीको आयोजना गरिएको हो । सो फोटो प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडयालले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रदर्शनीले कोसेढुंगाको काम गर्ने बताए । नेपाली पर्यटन बजारमा चिनियाँ पर्यटकले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनले नेपाली पर्यटन प्रवद्र्धन गर्नका लागि सिचुवानको छन्दुले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे । 

Yamaha

छन्दुसँग गतवर्ष मात्र काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको छ । फोटो प्रदर्शनीमा भाग लिनका लागि नेपाल पर्यटन बोर्डका केही अधिकारीसहित नेपाली फोटोग्राफरहरू पनि छन्दु पुगेका छन् । फोटो प्रदर्शनीपछि नेपालसम्बन्धी फोटोको प्रतियोगिताको पनि आयोजना गरिने नेपाल पर्यटन बोर्डका शरद प्रधानले बताए ।

सो प्रदर्शनी नेपाल पर्यटन बोर्ड तथा बेइजिङस्थित नेपाली दूतावासको संयोजनमा सिछुवान प्रान्त र छन्तु नगरपालिकासँग मिलेर चिनियाँ फोटोग्राफी क्लब र साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो । 

Esewa Pasal

प्रकाशित : पुस ५, २०७४ ०८:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वीरबलको खिचडी नबनोस् सरकार

लामो अड्कलबाजीबीच चुनाव सम्पन्न भयो । यहाँसम्मको यात्रा पनि नेताको दोषारोपण प्रवृत्तिलाई हेर्दा सहज थिएन । आफ्नो अस्तित्वका लागि होस् वा जनताको हितका लागि हुनैपर्ने र गर्नैपर्ने काम गरे, दलहरूले ।

लामो अड्कलबाजीबीच चुनाव सम्पन्न भयो । यहाँसम्मको यात्रा पनि नेताको दोषारोपण प्रवृत्तिलाई हेर्दा सहज थिएन ।आफ्नो अस्तित्वका लागि होस् वा जनताको हितका लागि हुनैपर्ने र गर्नैपर्ने काम गरे, दलहरूले । यसको नेतृत्व देउवा सरकारले गर्‍यो, भलै त्यसको परिणाम भने नेपाली कांग्रेसका लागि सुखद रहेन । जनप्रतिनिधि निर्वाचित भइसकेको र वाम घटकले स्पष्ट बहुमत ल्याइसकेको परिप्रेक्ष्यमा देउवा सरकारले विभिन्न बहानामा सरकारमा बसिरहनु पटक्कै सुहाउँदैन । आफ्नो
विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनका लागि राम्रो र उदाहरणीय कार्य गरेर आफ्नो साख जोगाउनुपर्ने बेलामा उल्टै जनादेश विरुद्ध कदम चाल्नु बेमौसमको बाजा बजाई अरुलाई हँसाउनु र आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु हो । जिम्मेवार अभिभावकको भूमिका ग्रहण गर्दै आफैँ सत्ता हस्तान्तरण गरेर इमानदारीको राजनीति प्रस्तुत गर्नुपर्ने बेलामा कांग्रेस त्यसमा पनि देउवाका तर्फबाट गरिएको ढिलासुस्ती र बहानाबाजी सत्तालोलुपता र पराजित मानसिकताको भद्दा रूप हो । यस्तो कार्यले कांग्रेसकै भाषामा लामो र गरिमा बोकेको दललाई शोभा दिन्न । यस्तै चाला रहे न सरकार बेलैमा बन्छ,
न संविधानको कार्यान्वयन सम्भव छ र नत नयाँ नेपालको चाहना नै पूरा हुन्छ ।
एकातिर जितको दम्भ र अर्कातिर हारको पीडाबीच नेपाली राजनीति एकपटक फेरि अन्योलमा परेको छ । यो झट्ट हेर्दा क्षणिकजस्तो देखिए पनि दलहरू बीचको तिक्तताले कतिपय राष्ट्रिय गौरवका विषयमा प्रत्यक्ष असर पर्ने कुरामा शङ्काछैन । सहमतिको राजनीतिभन्दा विमतिमा बढी विश्वास कमाएका दलहरूको यस्तो अवस्था धमिलो पानीमा माछा मार्न पल्केकाहरूका लागि प्रतीक्षाको विषय हो । यस्तो अन्योल र बेमेल जति लामो रहन्छ, त्यत्ति नै देशले मूल्य चुकाउनुपर्छ । अत: राजनीतिक जिम्मेवारी बहन गर्दै समयमै सरकार गठन गर्न पक्ष र विपक्षले एकपटक सहमति र समझदारीको हात अघि नबढाउने हो भने सरकार गठन वीरबलको खिचडी बन्नेछ ।
– लक्ष्मीनारायण मिश्र
शिवसताक्षी–११, झापा

प्रकाशित : पुस ५, २०७४ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT