प्रवास
पुस ६, २०७४

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

नेपालका वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अकस्मात बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास स्रोतले जानकारी दिएको छ ।

पुस ५, २०७४

सिचुवानमा नेपाली तस्बिर

चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दुमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दुको पर्यटकीय स्थल वाइड न्यारो एलेमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटा राखिएका छन् ।

पुस ४, २०७४

कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द

पारिवारिक विवादले धरासयी बनेको कुवेतको ठूलो कम्पनी खराफी नेशनलमा कामविहीन भएर बसेका झन्डै दुई सय नेपाली कामदारको खाना सोमबार बिहानदेखि पुन: बन्द भएको छ । त्यस कम्पनीमा भारतीय, फिलिपिनोसहित झन्डै चार हजार कामदार समस्यामा परेका छन् ।

चौधरीलाई विजयी प्रमाणपत्र दिलाउन सरकारसँग माग

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् ।

पुस २, २०७४
ADVERTISEMENT
पुस १, २०७४

मलेसियाले कामदारका लागि नयाँ बिमा योजना ल्याउँदै

मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो ।

बेलायतबाट लगानी भित्र्याउन पहल

नेपालमा भर्खर सकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठन हुने प्रक्रियाले आशावादी छन् बेलायती एवं नेपाली ।

मंसिर २७, २०७४

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा हालै हङकङमा सम्मानित भएका छन् । हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको सुमधुर सांगीतिक सौगात–२०१७ को क्रममा बाँस्कोटा सम्मानित भएका हुन् ।

मंसिर २६, २०७४

सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु

एक सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । जसमा चार महिनाकी बालिका समेत छिन् । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको स्थानीय मिडिया फक्स फोरले उल्लेख गरेको छ ।

लन्डनमा प्रकाशले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।

साउदीमा घरेलु कामदारलाई तलब कार्ड

साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्रै सबै रोजगारदाता (स्पोन्सर) ले आफ्ना कामदारलाई यो कार्ड दिनुपर्ने नियम लगाएको हो ।