१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सामुदायिक भवनका लागि २ करोड ४० लाख संकलन

नारायण खडका

अस्ट्रेलिया — मेलबर्नमा नेपालीहरुले बनाउन लागेको सामुदायिक भवनका लागि ३ लाख अष्ट्रेलियन डलर संकलन भएको छ । 

सामुदायिक भवनका लागि २ करोड ४० लाख संकलन

अस्ट्रेलियन नेप्लिज् मल्टिकल्चरल सेन्टरले सञ्चालन गरेको सप्ताह महापुराणको तीन दिनको अवधिमा ३ लाख अस्ट्रेलियन डलर (करिब २ करोड ३४ लाख रुपैयाँ) स‌ंकलन भएको हो । मेलबर्नमा नेपालीहरुले सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौद्ध गुम्बा निर्माणका लागि यही १८ तारिखदेखि महापुराण सुरु गरेका हुन् ।

पण्डित दीनबन्धु पोखरेलद्वारा वाचन गरिएको सप्ताह महापुराणमा विभिन्न व्यक्तिहरुले ४० लाख नेपाली रुपैयाँसम्म सहयोगको घोषणा गरेका आयोजकले जनाएको छ । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर (करिब ४० लाख रुपैयाँ) सहयोग गरेका छन् भने डा. चन्द्रदीपक पोखरेलले २६ हजार ५ सय डलर, सुरेन्द्र सेढाईं र सबी सेढाईं, बद्री पन्त र जमुना पराजुलीले जनही १० हजार डलर सहयोग दिएका छन् ।

नेपालीहरुको स‌ंख्या बढिरहेकोले कलासंस्कृति र परम्परा झल्कने सामुदायिक भवन, मन्दिर तथा गुम्बा बनाउने योजना अघि सारिएको सप्ताह आयोजक समितिको भनाइ छ । भिक्टोरिया एनआरएनका संयोजक केशव कँडेलका अनुसार सप्ताह पुराणमा दैनिक भक्तजनहरुको बाक्लो उपस्थिति रहँदै आएको छ ।

पुराण यही २४ तारिखसम्म चल्ने छ ।

भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आजीवन सदस्यता वितरण प्रक्रियालाई पनि संस्थाले अघि बढाएको जनाएको छ । आयोजकका अनुसार अहिलेसम्म ३ सय ८५ जनाले सदस्यता लिइसकेका छन् । आजीवन सदस्यता शुल्क १ हजार ५ सय डलर तोकिएको छ ।


प्रकाशित : पुस ६, २०७४ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?