राजदूत ढकालद्वारा ओमनी सामाजिक मन्त्रीसँग द्विपक्षीय भेट 

काठमाडौँ — ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनका सामाजीक विकास मन्त्री शेख मोहम्मद विन सैद वि सैफ अल–कल्वनीसँग विहिवार द्विपक्षीय भेट गरेकी छन् ।

राजदूत ढकालद्वारा ओमनी सामाजिक मन्त्रीसँग द्विपक्षीय भेट 

भेटमा मन्त्री कल्वनीले नेपाल र ओमनवीचको द्विपक्षीय सम्वन्ध प्रगाढ तर्फ उन्मुख हुँदै गएको वताए । ‘हालै सम्पन्न प्रधानमन्त्रीको उच्च तहको भ्रमणले नेपाल र ओमनवीचको सम्बन्धलाई भविश्यमा अझ बृहत वनाउदै लैजानेछ,’ उनले भने ।

भेटमा राजदूत ढकालले ओमनको सामाजीक सुरक्षाको लागि चालिएको कदमहरुको वारेमा जानकारी लिएकी थिइन् । उनले मन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमणको लागि निमन्त्रण गरेकी छन् ।




प्रकाशित : पुस ७, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?