कतारमा गोरखाको सम्झना 

काठमाडौँ — गोरखाबाट कतारमा काम गर्न गएकालाई आपसी सम्बन्ध वलियो वनाउन र आपतविपद परेको समयमा साथ सहयोग गर्न गठित गोरखा सेवा समाजले १४ औं स्थापना दिवस मनाएको छ । 

कतारमा गोरखाको सम्झना 

कतारको साहनियामा आयोजित कार्यक्रममा कलाकारहरुले गोरखालीलाई भरपुर मनोरञ्जन दिलाउने गरी आआफ्नो प्रस्तुत देखाए । सिमा गुरुङ, रोशन तामाङ, बिष्णु गुरुङ र प्रमिला तामाङले ‘आउनुस् गोरखा घुम्नलाई ...’ बोलको गीतमा सामुहीक नृत्य प्रस्तुत गरे । गायकद्वय बबिता बानियाँ र चीज गुरुङले ‘प्यारो गोरखा...’ बोलको गीत प्रस्तुत गर्दै स्टेजमा आउदा गोरखालीहरु आफ्नै घरगाँउको सम्झना गरे ।


गुरुङले ‘उहि खोलीमा पानी,’ र ‘फुल्यो बाबरी म भोली गै हाल्छु बसे रामरी...’ बोलको गीत प्रस्तुत गरे । भावना आर्चायले ‘पूर्व बग्यो सुनकोसी...’, ‘झिसमिसेमा भागेर जाम्ला...,’ गीत गाईन भने ‘म त गाउँकी छोरी...’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरिन् ।

लोकदोहोरी तथा हास्य कलाकार बबिता बानिया ‘जेरी’ले ‘भर्खर भर्खर हो ...’ प्रस्तुतीले पनि दर्शकहरुमो मन जित्न सफल भयो ।

कार्यक्रमको आर्कषण भने प्रत्यक्ष दोहोरी बनेको थियो । कलाकारद्वय बबिता र चीज गुरुङले ‘गोरखा मन कामनामा...’ प्रस्तुती दिएका थिए । समाजका संयोजक संन्तोष बन्जरा र दोहोरी गायिका भावना आर्चायले ‘माया चन्चले...’ प्रस्तुती पस्केका थिए । उनीहरुको प्रस्तुतीमा नृत्य गर्नेहरुको ताती लागको थियो ।


समाजका अध्यक्ष अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आईसिसि गल्फ संयोजक आरके शर्माले प्रवासमा नेपाली समुदायवीचको एकता निकै महत्व रहेकोप्रति जोड दिएको थिए ।


कार्यक्रममा समाजले गोरखाको वारेमा जानकारी दिन प्रकासन गरेको ‘गोरखा दीप’ मुखपत्रको बिमोचन गरेको थियो । समाजले अक्षयकोषमा सहयोग गर्ने सहयोग दातालाई दोसल्ला तथा ताम्रा पत्र दिएर सम्मान गरेको थिए ।


प्रकाशित : पुस ७, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?