२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अस्ट्रेलियामा झुम्मिँदै कलाकर्मी

नारायण खड्का

सिड्नी — अस्ट्रेलिया पछिल्लो समयमा नेपाली कलाकारहरुको रोजाईको गन्तव्य बन्दै गएको छ । 

अस्ट्रेलियामा झुम्मिँदै कलाकर्मी

नेपाली कार्यक्रम तथा चलचित्रहरु प्रदर्शन साताभर जस्तै हुन थालेपछि नेपाली कलाकारहरुको गन्तव्य बन्दै गएको पुष्टि भएको हो । कार्यक्रमसँगै कलाकारहरुलाई घुम्ने अवसर पनि मिल्ने गरेको छ । शनिबारमात्र यहाँका दुई सहरमा अलग-अलग दुई सांगीतिक कार्यक्रम आयोजना गरियो । सिड्नीमा वि टिमले नेपालबाट आएका गजल गायक राज सिग्देलको स्थानीय कलाकार साथमा सांगीतिक कार्यक्रम गरेको थियो भने दक्षिण अस्ट्रेलियामा थ्री केजी इन्टरटेन्मेन्टको आयोजनामा नेपाल आइडलका विजेताहरुको प्रस्तुति ।


नेपाल आइडलका उत्कृष्ट तीन गायकहरु बुद्ध लामा, निसान भट्टराई र प्रताप दासको प्रस्तुति एकातिर उत्कृष्ट बनेको थियो भने अर्कोतिर गजल गायक सिग्देलको प्रस्तुतिले समेत सिड्नीका दर्शकलाई मोहित बनायो । चलचित्र निर्देशक तथा वितरक दिनेश पोखरेल भन्छन्, ‘पछिल्लो समयमा अधिकांश युवासहित नेपालीको जनसंख्या बढ्नुले नेपाली गीत, संगीत र चलचित्रले राम्रो बजार पाउन थालेको हो’उनी यसरी बाक्लै नेपाली कार्यक्रम हुनु नेपाली कलाकार र संगीतकर्मीहरुको लागि राम्रो भए पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् ।


गतसाता मात्र पहिलोपटक परम्परागत नेपाली बाजाहरु ल्याएर गायक बसन्त थापा, डोमा शेर्पालगायतका कलाकारसहित पञ्चेबाजा धमाका साँझको आयोजना गरिएको थियो । ‘अस्ट्रेलिया वास्तवमै नेपाली कलाकारहरुका लागि राम्रो अवसरका रुपमा विकास भइरहेको छ’नेपाली टचका दीपेश पुन भन्छन् ।


चलचित्रका लागि समेत प्रमुख बजार बन्दै गइरहेको अस्ट्रेलियामा नेपाली चलचित्रले न्यूनतम ५ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल हुने गरेको वितरकहरुको भनाइ छ ।


प्रकाशित : पुस ९, २०७४ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?