१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

यूएईमा शुभयात्रा साँझ 

युएई — मध्यपूर्वको दुवईमा तापक्रम घट्दोक्रममा थियो । हिउँदको मौसममा पनि दुबईलाई गरम बनाइदिने अरु कोही नभएर नायिका नम्रता सापकोटा थिइन् । नायिका सापकोटाको नृत्यले दुबईको माहोल एकाएक खपिनसक्नु गरम बनाइदियो । साथमा गायकद्वय हेमन्त राना र रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी र हाँस्य कलाकार सन्दिप क्षत्री थिए । 

यूएईमा शुभयात्रा साँझ 

गत शुक्रबार २२ तारिकका दिन सम्पन्न कार्यक्रम शुभयात्रा साँझमा हेमन्त रानाको ‘साँहिली’ गीतले दर्शकलाई निकै नै भाबुक बनायो । घरदेशमा श्रीमती छोडेर परदेशमा पैसा कमाउन हिडेको परदेशीको काहानीमा लेखिएको गीत गाउँदै गर्दा अधिकांश परदेशी दर्शकमा मौनता छाएको थियो । आफ्नो जवानी बिदेशमा कटाएर ४० बर्ष उमेर कटेपछि पैसा कमाएर सँगै रमाउला है भन्ने गीतको भाबले परदेशीको यथार्थता झल्काउछ । गीतकार काली प्रसाद बास्कोटाको शब्द रहेको ‘साँहिली’ गीत रानाले गाँउदै गर्दा दर्शकले खचाखच भरिएको हल सुनशान भयो ।


कान्तिपुर टेलिभिजनमा वट्स द फ्लप कार्यक्रम चलाएर नाम कमाएका अर्का चर्चित कलाकार हाँस्यब्यङ्यकार सन्दीप क्षेत्रीले हेमन्त रानाको गीतले छाएको मौनतालाई भङग गरिदिए । दर्शक सरोज बिष्ट भन्छन, ‘सन्दीपले केही पनि गरेनन् तर हामीले नहाँसेको क्षण थिएन ।’ सन्दीप क्षेत्रीको हाँस्यब्यङ्यमा कुनै काहानी थिएन तर पनि उनको प्रस्तुतीभर दर्शकले पेट मिचीमिची नहाँसेको पल थिएन । उनको हाँस्यब्यङ्यका प्रत्येक पलमा दम दियो । उपस्थित दर्शकहरुले सबैभन्दा बढी मनोरन्जन उनकै प्रस्तुतीबाट लिए ।


नेपाली सकिराकी पहिचान बनाएकी गायिका इन्दिरा जोशीको बेजोडको प्रस्तुतीले दर्शकलाई नचायो । सेतो पहिरनमा स्टेजमा उत्रेकी गायिका जोशी निकै नै हट देखिन्थिन् । शालिन र उमेरदार ‘भिआईपी’ दर्शकहरु दर्शक दिर्घाको पहिलो लाईनमा बसेकाले जोशीले जतिसुकै जोश देखाए पनि ती दर्शकले जोश नदेखाएको गायिका जोशीको भाबमा झल्किन्थ्यो । उनी दर्शकहरुलाई नाच्न भन्थिन् तर दर्शकहरु भने बसेरै मज्जा लिइरहे ।


बिहानै उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस भन्ने राष्ट्रप्रेम भाबले ओतप्रोत गीतले उपस्थित दर्शकलाई भाबुक बनाउदै स्टेजमा उत्रेका सुमधुर स्वरका धनी राम कृष्ण ढकालको प्रस्तुती दर्शकले सोचे भन्दा अब्बल रह्यो । यस्तो लाग्थ्यो उनी अहिलेको युवा पिढीमा पनि उत्तिकै लोकप्रिय छन् । १२ बर्ष पछि दोश्रो पटक दुबई आएका ढकालले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे । दर्शक दिर्घामा गायक हेमन्त रानाले भनेजस्तै ४० बर्ष उमेर कटेका दर्शकहरु प्रशस्तै रहेकाले पनि गायक ढकालको गीतहरु सुनेर धेरै दर्शकले मनोरन्जन लिएको देखिन्थ्यो ।


युएईमा हुनेगरेका अन्य कार्यक्रमहरु भन्दा भिन्दै र सफल कार्यक्रमबाट प्राप्त मुनाफा अनाथ बालबालिकाको लागि खर्च गरिने कार्यक्रम आयोजक मनोज श्रेष्ठ गोर्खालीले जानकारी दिए ।


प्रकाशित : पुस ९, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?