नयाँ वर्ष मनाउने यस्ता छन् अस्ट्रेलियाका नेपालीको योजना

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीका मिलन अधिकारी नयाँ वर्षको आतिशवाजी (फायरवर्कस) हेर्नका लागि आइतबार बिहानदेखि हार्बर ब्रिजको उपयुक्त स्थानमा पाल टाँगेर बसिसकेका छन् । दक्षिण अस्ट्रेलियाका डा. रामकृष्ण निरौलाले पनि परिवारसहित आइतबार दिउँसो नै ग्लेनेल बीचमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

सिड्नीका मिलन अधिकारी नयाँ वर्षको आतिशवाजी (फायरवर्कस) हेर्नका लागि आइतबार बिहानदेखि हार्बर ब्रिजको उपयुक्त स्थानमा पाल टाँगेर बसिसकेका छन्। दक्षिण अस्ट्रेलियाका डा. रामकृष्ण निरौलाले पनि परिवारसहित आइतबार दिउँसो नै ग्लेनेल बीचमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अंग्रेजी नयाँ वर्षको दिन यहाँका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपालीहरुको लागि राष्ट्रिय चाड बन्ने गर्छ। एकातिर सरकारले यस दिनमा सार्वजनिक बिदा दिने गरेको छ भने अर्कोतिर सिड्नी र मेलबर्नमा हुने आतिसवाजी विश्वकै उत्कृष्टमध्येमा पर्ने गर्दछन्। जसलाई नजिकबाट आफ्नै आँखाले हेर्न घण्टौंअघिदेखि नेपालीहरु समेत जम्मा भइसकेका हुन्छन्।
यसवर्ष सिड्नीको हार्बर ब्रिजमा हुने नयाँ वर्षको आतिसबाजीमा १५ लाख दर्शकहरुको सहभागिता हुने बताइएको छ भने मेलबर्नका विभिन्न स्थान हुने आतिसबाजीमा पनि ५ लाख जनताले सहभागिता जनाउने जानकारी दिइएको छ। जसमा सहभागिता जनाउनका लागि विभिन्न स्थानबाट सयौंका संख्यामा नेपालीहरु कार्यक्रमस्थलमा बिहानैदेखि गइरहेका छन्।

यहाँका नेपालीहरुले नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरेका मात्र छैनन् कि करिब १ साताअघिदेखि नै नयाँ वर्षलाई स्वागत गर्दै आपसी भेटघाट र पार्टीहरु समेत आयोजना गरिएको छ। ‘नेपालीहरुका लागि नयाँवर्ष मनाउने बाहना मात्र हो, वास्तवमा यसले एकआपसमा भेटघाट र भाइचारा बढाउने काम गरेको छ।’ अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल सुनाउँछन्। ‘नयाँ वर्षको मुख्य आकर्षण नै फायरवक्र्स हो’मेलबर्नको मुख्य सहरमा हुन लागेको आतिसवाजी हेर्न गएका धनकुटाका लुशान्त श्रेष्ठले सुनाए। उनका अनुसार नयाँ वर्ष भनेको नेपालीहरुका लागि भेटघाट गर्ने, खाने, पिउने र रमाइलो गर्ने नै हो।
१ लाख बढी जनसंख्या रहेको नेपालीहरु समेत अंग्रेजी नयाँ वर्ष, क्रिसमसलगायत चाडलाई उत्तिकै महत्वका साथ मनाउन थालेका हुन्। पारिवारिक भेटघाट होस् वा सामूहिक कार्यक्रम होस् एकैस्थानमा बसेर दसैंतिहार जस्तै मनाउने गरेका छन्।
नयाँ वर्षमा कार्यक्रमस्थलमा सुरक्षालगायत सबै व्यवस्थाहरु सरकारले पर्याप्त उपलब्ध गराउने गरेको छ भने कार्यक्रम हेर्नका लागि उत्कृष्ट स्थानहरुका बारेमा साता पहिलेदेखि नै जानकारीहरु दिने गरिएको छ।

प्रकाशित : पुस १६, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

सरकार गठनभन्दा पहिले नै पार्टी एकता : विष्णु पौडेल

‘पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही नै हुन्छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका उपमहासचिव विष्णु पौडेलले नयाँ सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको बताएका छन् । उनले भने, 'सम्भवत: हामी सरकारमा जानुभन्दा अघि नै पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्वमा सरकार बनाउँछौं ।'

काठमाडौंमा आइतबार रिपोटर्स क्बलमा भएको कार्यक्रममा नेता पौडेलले भने, 'अहिले केही समयका लागि हामी दुईवटा पार्टी गठबन्धनको रुपमा छौं । तर सरकार निर्माण गर्दा एउटै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको हेर्न पाउँनेछन् ।' अब कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेमा कुनै अन्योलता नरहेको उनको भनाइ छ । एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा भने छलफल चलिरहेको उनले बताए ।

नेता पौडेलले एमाले र माओवादीबीचको एकता भाँड्न षड्यन्त्र भइरहेको बताए । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एकताविरोधी शक्तिहरु सक्रिए भएको भन्दै उनले एकता तोड्ने प्रयास असफल हुने जिकिर गरे ।

प्रदेश नम्बर ५ को राजधानी लुम्बिनी नै हुने उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७४ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्