कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आगलागीमा परी कोरियामा एक नेपाली कामदार गम्भीर घाइते

सोल — दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुँदा इलामका ३० वर्षीय किशोर राई गम्भीर घाइते भएका छन् । उनी तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका थिए । राईको  हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी कोरियामा एक नेपाली कामदार गम्भीर घाइते

गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडडुल गर्न नसक्ने अवस्थमा छन् । राईको शनिबार ढाडको शल्यक्रिया गरिएको छ । दाहिने खुट्टाको घुँडा मुनी र कुरकुचामा र देब्रेखुट्टाको गोलिगाठा निर भाचिएको अस्पताल पुगेका एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन् ।


कम्पनीमा संगै बस्ने साथीले जानकारी दिए अनुसार करिब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा सोमबार रातको साढ़े १ बजे तिर आगलागी भएको थियो । एउटा कोठामा बालेको हिटरबाट आगों सल्केको थियो ।


मध्यरातमा मस्त निद्रामा रहेका बेला तेस्रो तल्लाको पहिलो कोठाबाट शुरू भएको आगलागीले भीषण रूप लिएपछि अरुले थाहा पाएका थिए । सोही क्रममा झ्यालबाट छतमा चढ्न कोशिस गर्दा राई तीन तलाबाट भुइँमा खसेका थिए । आगलागी भएको कोठाको वरीपरीका कोठाका सामान पनि जलेर नष्ट भएका छन् । तीन वटा दमकलको सहारामा आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : पुस २३, २०७४ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?