भर्जिनियामा ल्होछार मनाइयो
वासिंटन डीसी — ग्रेटर वासिंटन तमु समाजले अमेरिकाको भर्जिनियामा खि ल्होछार मनाएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा राजदुत डा. कार्कीले प्रवासमा पनि आफ्नो जातीय भेषभूषामा उपस्थित भएर नेपाली संस्कृतिको प्रबर्द्धन गरेकोमा प्रशंसा गरे । कार्यक्रममा साँस्कृतिक कार्यक्रमहरु पनि देखाइएको थियो । त्यसमा गुरुङ र गैरगुरुङ दुवै थरी कलाकारहरुले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल, लोकगीत गायक रामप्रसाद खनाल, दोहोरी गायिका मञ्जु पुनले प्रस्तुती दिएका थिए । कार्यक्रममा गुरुङको संस्कृतिको रुपमा चिनिएको सेर्का नृत्य पनि देखाइएको थियो । यो नृत्य बिशेष गरेर मृत्यु संस्कारसंग सम्बन्धित छन् ।