१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मलेसियामा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड हुने

क्वालालम्पुर — नेपाली गीत संगीत क्षेत्रमा क्रियाशिल विभिन्न कलाकार एवं संगीतप्रेमीहरुलाई सम्मान गर्न मलेसियामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७’ कार्यक्रम आयोजना हुने भएको छ ।

मलेसियामा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड हुने

संगीत प्रबर्द्धनको क्षेत्रमा काम गर्दै आएको हिमालयन इन्टरटेन्मेन्ट ग्रुप प्रालिले चिनियाँ नयाँ बर्षको अवसरमा आगामी फेब्रुवरी १६ मा उक्त कार्यक्रम गर्ने तयारी गरेको हो । उक्त कार्यक्रमबारे जानकारी दिन बुधबार क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका मार्केटिङ म्यानेजर एवं कार्यक्रम संयोजक राम रेप्चोङले उक्त जानकारी दिए । कलाकारको कलाको सम्बर्द्धन एवं यस क्षेत्रको व्यवसायिक विकासमा हौसला दिन यस कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।


उनका अनुसार नेपालबाट नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल एवं यसको प्रबर्द्धनमा योगदान दिने विभिन्न कलाकार एवं संगीतप्रेमीहरु सहभागी हुनेछन् । उनीहरु १८ विभिन्न विधामा अवार्ड प्राप्त गर्नेछन् ।

‘हाल प्राप्त निवेदनहरुमध्ये अवार्डका लागि विभिन्न विधामा एसएमएस–भोटिङको काम भइरहेको छ’ रेप्चोङले भने ‘भोटिङपछि हामी छनौटतर्फ लाग्नेछौं । त्यसका आधारमा झण्डै डेढ दर्जन कलाकार र यस क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु अवार्ड कार्यक्रमका लागि मलेसिया आउनुहुनेछ ।’

आयोजकले फेब्रुवरी १७ मा मलेसियाको जोहोबारु क्षेत्रमा दिमालुङ कन्सर्टसमेत गर्ने तयारी गरेका छन् । अवार्ड कार्यक्रम क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजना गर्ने आयोजकहरुको तयारी छ ।


प्रकाशित : माघ ४, २०७४ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?