कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिक्किमेलीलाई भ्रमणको निम्तो

लाचुङ (सिक्किम) — दोलखा जिल्लाका जनप्रतिनिधिहरुले सिक्किमका पर्यटकहरुलाई घुम्न आउन निम्ता गरेका छन् । दोलखाबाट निर्वाचित सांसद, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुले सिक्किमस्थित पर्यटन व्यवसायीमार्फत सिक्किमवासीहरुलाई घुम्न आउन निम्ता गरेका हुन् ।

सिक्किमेलीलाई भ्रमणको निम्तो

कार्यक्रममा प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको दोलखामा पर्यटक पठाउन पर्यटनकर्मीहरुले प्रतिबद्धता गरेका छन् ।


सिक्किमको प्रशिद्ध एमजी मार्गस्थित टुरिजम इम्फरमेशन सेन्टरमा नेपालस्थित दोलखाका जनप्रतिनिधिहरुबीच भएको छलफलमा पर्यटकहरु आदनप्रदान गर्न आपसी सहकार्य गर्ने पनि सहमति भएको छ । दोलखामा भारतीय पर्यटकहरु आइरहेको सन्दर्भमा सिक्किमका पर्यटकहरुलाई नेपाल भ्रमणमा प्रोत्साहित गरिने सिक्किमका ट्राभल एजेन्सीहरुको संस्था टासका अध्यक्ष मिस्टर पल्जोरले बताए । उक्त संस्थामा सिक्किमका तीनसय ५० वटा एजेन्सीहरु आवद्ध छन् ।


नवनिर्वाचित जनप्रतिनिधिहरुले काम सुरु गरेपछि दोलखाको समग्र विकासमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भनेर गरिएको अध्ययन भ्रमणको सिलसिलामा सिक्किमका पर्यटन व्यवसायीहरुले पर्यटन प्याकेज आदानप्रदानको प्रस्ताव राखेका हुन् । क्किमको पर्यटन मन्त्रालयका स्पेशल सेक्रेटरी सीपी ढकालले अर्गानिक स्टेट, शान्ति सुरक्षा, विभिन्न महोत्सवहरु, हार्दिकतापूर्ण व्यवहार र प्रचारप्रसारका कारणले गर्दा सिक्किममा पर्यटक बढिरहेको बताउँदै दोलखाले आफ्नो सम्पदा र पर्यटन केन्द्रित प्याकेजहरुको तयारी गरेमा यताबाट पर्यटक जान सक्ने बताए । सिक्किममा वार्षिक १५ लाख पर्यटक आउँछन् । सात सय भन्दा ट्राभल्स एजेन्सहरु छन् ।


दोलखाका प्रशिद्ध गौरीशंकर हिमाल, रोल्वालिङ हिमउपत्यका, मिलारेवीसाग जोडिएको लप्चे गुम्बा, भीमेश्वर, कालिञ्चोक, जिरी, माथिल्लो तामाकोसी, शैलुङ, विगु गुम्बा, प्राचीन सांस्कृतिक सहर दोलखा बजार पर्यटकीय आकर्षणका क्षेत्र हुन् । उक्त क्षेत्रहरु भ्रमण गर्न सिक्किमवासीलाई प्रेरित गर्न जनप्रतिनिधिहरुको नेतृत्व गरिरहेका भ्रमण टोली प्रमुख नेपालका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पर्यटनकर्मीहरुलाई अनुरोध गरेका छन् ।


दोलखाको रोल्वालिङ, वेदिङ, लप्चेजस्ता हिमाली भेगहरुमा पर्यटन प्रर्वद्धन गर्न सिक्किमको चार हजार मिटर उचाईमा अवस्थित पर्यटकीय क्षेत्र लाचुङ र युम्थाङमा भएको छलफल कार्यक्रममा दोलखाले पर्यटन विकास गर्न पर्यटकीय पूर्वाधारको सुधार तथा प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने सुझाव दिइएको छ ।


सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले दोलखाका जनप्रतिनिधिहरुसँगको भेटघाटमा सिक्किमले पर्यटन प्रर्वद्धनमा उल्लेख्य फड्को मारेको बताउँदै नेपालमा अपार प्राकृतिक स्रोत, धार्मिक क्षेत्र, मानव रुचीका विषयहरु भएकाले विशेष योजना बनाए संसारकै उत्कृष्ट गन्तव्य बन्ने बताए । दोलखालाई पनि पूर्वाधार विकासमा ध्यान दिँदै आफ्ना सम्पदाहरुको प्रचार गर्न सके पर्यटक आकर्षित हुने उनले बताए ।

प्रकाशित : माघ ६, २०७४ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?