नर्थ क्लारोलिनाको सडक दुर्घटनामा नेपालीको निधन

दिनेशजंग शाह

न्यूयोर्क — दक्षिणपूर्वी अमेरिकी राज्य नर्थ क्लारोलिनामा भएको एक सडक दुर्घटनामा आप्रवासी नेपालीको निधन भएको छ ।

नर्थ क्लारोलिनाको सडक दुर्घटनामा नेपालीको निधन

बिहीबार रातिको दुर्घटनामा नुवाकोट खरानीटार स्थायी घर भएका २७ वर्षीय रुपेश उप्रेतीको निधन भएको नेपाली संस्था नासाका पदाधिकारी एवम संचारकर्मी विशाल भारतीले कान्तिपुरलाई बताए ।


सात वर्षदेखि अमेरिका बस्दै आएका उप्रेती सवार कारलाई विपरित दिशाबाट आइरहेको पिकअप ट्रकले ठक्कर दिएको थियो । स्थानीय संचार माध्यमले दिएको जानकारी अनुसार नर्थ क्लारोलिनाको शहर रेलिगको ईन्टर स्टेट–४० मा दुर्घटना भएको थियो ।


रेन्टुरेन्टमा काम गर्ने उप्रेती, काम सकेरसाथीहरुसंग गाडीमा घुम्ने निस्किने क्रममा दुर्घटना भएको थियो । कारमा चार जना सवार थिए । उप्रेतीसहित अर्काे यात्रीको पनि निधन भएको छ । कार चलाइरहेका उप्रेतीका हिस्पानिक मुलका साथीसहित चौथो व्यक्ति गम्भीर घाइते रहेको जनाइएको छ ।

उप्रेतीको शव, वेक मेडिकल ट्रमा अस्पतालमा राखिएको छ ।


प्रकाशित : माघ ७, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?