युएईमा दृष्टिविहिन खेलाडीलाई सम्मान 

काठमाडौँ — दृष्टिविहीन वान डे विश्वकप क्रिकेट खेल्न युएई आईपुगेका नेपाली खेलाडीलाई सम्मान गरिएको छ ।

युएईमा दृष्टिविहिन खेलाडीलाई सम्मान 

दुबई स्थित एभरेस्ट मार्सल आर्ट्स एन्ड स्पोर्टस क्लबको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा एनआरएन युएई सहित युएईमा क्रियाशील संघसंस्थाले दृष्टिविहीन खेलाडीलाई एक लाख ४० हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।


स्पोर्टस क्लबका अध्यक्ष रबी शाही सहितका पदाधिकारीले उक्त रकम दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष घिमिरेले बैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो देश प्रती खेलको माध्यमबाट देखाएको राष्ट्रप्रेम सर्हानिय रहेको बताए ।


पाकिस्तान र युएईमा संयुक्त रुपमा सम्पन्न दृष्टिविहीन वान डे विश्वकप क्रिकेटमा नेपाली टोलीले बिभिन्न देशहरुसाग भएको ४ खेलमा हार बेहोरे पनि अस्ट्रेलिया माथि भने ८ विकेटको फराकिलो जीत हासिल गरेको थियो ।



प्रकाशित : माघ ७, २०७४ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?