कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कतारमा पाँच नेपाली कामदारलाई अवार्ड

दोहा — कतारको कम्पनी द स्र्पोट्स एण्ड रिकिरियसनल अरगनाईजेशन (एरोस) ले ५ नेपाली कामदार सहित २६ जना लाई उत्कृष्ट अवार्ड वितरण गरेको छ । 

कतारमा पाँच नेपाली कामदारलाई अवार्ड

एरोसले आफ्नो बार्षिकोत्सवमा लेखापाल तिलकराज पराजुली, सुपरभाईजर दिनेश अधिकारी, चालकदल प्रकाश बहादुर शाही र रमेश गुरुङ्ग साथै साधारण कामदार हेम बहादुर भारतीलाई कम्पनीले बर्षको उत्कृष्ट कामदार घोषणा गरेको थियो ।

त्यस्तै मार्केटिङ्गमा मोल्ला, अप्रेसनमा मुन्ताज, ग्यारेजबाट निफाम सहित २६ जना विदेशी कामदार बर्षकै उत्कृष्ट कामदार बने ।


एरोसले यसअघि २० जना भुकम्पपीडित कामदारलाई घर वनाउन २ लाख देखि २५ हजार सम्म नगद सहयोग गरेको थियो ।


कम्पनीमा सात देशका १ हजार ५ सय जना भन्दा बढी कामदार कार्यरत छन् ।

कार्यक्रमका प्रमुख अतिथि कतारका लागि भारतीय राजदुत पी कुमारनले कामदारको हितको लागि एरोसले उत्कृष्ट काम गर्दै आएको वताए ।


कार्यक्रममा एरोसका अध्यक्ष मुजाब रहमान ईके, कम्पनीका स्पोन्सर सईद साद आर एच अल सुबई र प्रबन्धक निदेशक सिद्धिक पुराईल लगायत विशिष्ट पदमा कार्यरत कर्मचारी तथा कामदारको उपस्थिती थियो ।


प्रकाशित : माघ ७, २०७४ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?