कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा नेपाली ब्यवसायी संगठीत

काठमाडौँ —  कतारमा ब्यवसायी गरिरहेका नेपालीले महेन्द्र चौलागाईको नेतृत्वमा २१ सदस्यीय नेपाली ब्यवसायी संघ, कतार गठन गरेका छन् । 

कतारमा नेपाली ब्यवसायी संगठीत

ब्यवसायकोलागि राम्रो सम्भावना देखिएको कतारबाट नेपालमा लगानी भित्र्याउन र आपसी हितको लागि संगठीत भएको अ ध्यक्ष चौलगाईले वताए ।

संघको उपाध्यक्ष क्रमश: उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द केसी, महासचिव सागर नेपाल, सचिव उमेश अधिकारी, सहसचिव रमेश भट्ट, कोषाध्यक्ष चुणामणी कार्की र सहकोषाध्यक्षमा प्रकाश कोइराला चयन भएका छन् ।

सदस्यहरु नविन सत्याल, डा. नितेश अर्याल, श्याम भुसाल, अब्दुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, विकाश प्रसाई, पूर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल छानिएका छन् । संरक्षक डा. देवकाजी डंगोल,सल्लाहकारहरु बद्री पाण्डे, टिबी कार्की, सरोज पोखरेल, प्रदिप झा र परशुराम दाहाल रहेका छन् ।

कतारी नागरीकको स्पोन्सरसीपमा ब्यबसाय गर्ने नेपालीको सख्या पछिल्लो समय बढिरहेको छ । नेपालीले भबन ठेक्का, रेष्टुरेन्ट, सामानको सप्लाई, लत्ताकपडा, चिया, अल्मुनियम, एसी, क्लिनीक, कामदार सप्लाई लगायत क्षेत्रमा काम गर्दै आएका छन् ।


कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाली ब्यबसायको हितको लागि दूतावासले सहयोग गर्ने वताए ।




प्रकाशित : माघ ९, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?