कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए साउदीद्वारा बिद्यालयलाई सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरवस्थित गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, अल कासिमले वाराको चैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयलाई भौतिक समाग्री हस्तान्तरण गरेको छ ।

एनआरएनए साउदीद्वारा बिद्यालयलाई सहयोग 

एनआरएनले २० वटा डेस्कवेञ्च, ५५ थान कपी, कलम र झोला हस्तान्तरण गरेको हो ।

एनआरएनका कार्यबाहक अध्यक्ष मनिष कोइरालाको अध्यक्षताम सम्पन्न बैठ्कले बिद्यालयलाई सहयोग गर्ने निर्णय गरेको थियो । संस्थाका सचिब बिशाल श्रेष्ठको संयोजकत्वमा सहयोग मिलेको हो ।

कार्यक्रममा बिद्यालयका प्रधानध्यापक मदनप्रसाद कुर्मीले बिद्यालय र बिद्यार्थीलाई सहयोग गरेकोप्रति आभारी ब्यक्त गरेका थिए ।





प्रकाशित : फाल्गुन ४, २०७४ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?