यूएईमा नेप्लिज स्पोर्टसलाई एक लाख 

कान्तिपुर संवाददाता

काठमाडौँ — युनाईटेड अरब इमिरेट्स (युएई)को रस अल खैमहमा सम्पन्न फुटबल प्रतियोगितामा नेप्लिज स्पोर्टस समूहले जीत हासिल गरेको छ । 

यूएईमा नेप्लिज स्पोर्टसलाई एक लाख 

रस अल खैमह सरकारको फुटबल ग्राउण्डमा सम्पन्न प्रतियोगितामा बिजेता टीमले ४ हजार दिर्हाम्स (१ लाख १२ हजार रुपैयाँ) नगद र उपबिजेता टीमले २ हजार दिर्हाम्स (५६ हजार रुपैयाँ) नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतियोगिताको फाइनल गेममा विनोद श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । फेयर प्ले टीम अवार्ड युनाईटेड स्टार क्लब दुबईले पाएको छ । उत्कृष्ट गोलकिपर राजु खुजाम र सबैभन्दा बढी गर्नेमा अरुण घिसिङ पुरस्कृत भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वीकार राई घोषित भए ।

स्पोर्टस समूहका अध्यक्ष किशोर शाक्यले प्रतियोगिताले यूएईमा रहेका नेपालीहरुबीच सद्‍भाव तथा भाइचारा सम्बन्ध बढाइएको बताए ।


प्रकाशित : फाल्गुन ४, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?