३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मलेसियामा हिमालयन म्युजिक अवार्ड, टीका बम्जनलाई ‘उत्कृष्ट वर्ष गायक’ को उपाधि

कान्तिपुर संवाददाता

मलेसिया — मलेसियामा विभिन्न विधाका ३२ जना नेपाली कलाकारहरु पुरस्कृत भएका छन् । यहाँ शुक्रबार आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ कार्यक्रममा नेपाली गीत, संगीतका विभिन्न कलाकारहरुलाई पुरस्कृत गरिएको हो । 

मलेसियामा हिमालयन म्युजिक अवार्ड, टीका बम्जनलाई ‘उत्कृष्ट वर्ष गायक’ को उपाधि

हिमालयन ईन्टरटेन्मेन्ट ग्रुप प्रालिको आयोजनामा गरिएको कार्यक्रममा यस वर्षको उत्कृष्ट गायकको उपाधि गायक टीका बम्जनले पाएका छन् । त्यस्तै उत्कृष्ट लोकगायिकाको उपाधि भूमिका गिरीले हात पारिन् । कार्यक्रम संयोजक रामकुमार राईका अनुसार यसअघि एसएमएस भोटिङका आधारमा छनौटमा परेकाहरुमध्ये निर्णायक मण्डलले १८ विधाका ३२ जनालाई अवार्ड विजेताका रुपमा छनौट गरी निर्णय सार्वजनिक गरिएको थियो ।


महिलातर्फ उत्कृष्ट लोक नवगायिका (महिला)मा रितु तामाङ, उत्कृष्ट पप गायकमा दीपक राई, पुरुषतर्फ उत्कृष्ट मोडेलमा फुर्वा दोर्जे मोक्तान, उत्कृष्ट रकपप गायकमा सुनिल कटुवाल, उत्कृष्ट लोकपप गायकमा दिल्पु तामाङ, उत्कृष्ट नवगायिकामा प्रमिला राई, उत्कृष्ट नवगायिकामा सरु गौतम, उत्कृष्ट तामाङ गायिकामा चिजा तामाङ, गायक सुमन घले र पारसमणि ढुंगानालगायत कलाकार सम्मानित भए ।


त्यस्तै उत्कृष्ट नायिकाको उपाधि सुस्मा तामाङ, सीता लामा, गायकतर्फ गौरवनारायण राई, आधुनिक गायकमा सन्दीप वाइबा, डेब्यू गायकमा राजेश राई, गीतकारमा साजन तामाङ सम्मानित भएका छन् । सम्मानित हुनेमा अधिकाश नव कलाकारहरु रहेका छन् । कार्यक्रममा अवार्ड प्राप्त गर्नेमा मलेसियामा रही नेपाली संगीतमा क्रियाशील रहेकादेखि नेपालमै संघर्षरत कलाकारसमेत छन् ।


कार्यक्रममा पब्लिक च्वाइस सेलो गायकमा कोष बम्जन तामाङ, तामाङ फिल्म अभिनयतर्फ पब्लिक च्वाइसमा शम्भू मोक्तान, रक पपतर्फ गायिकामा सरस्वती लामा, मोडलमा रश्मी तामाङ, तामाङ म्युजिक भिडियोतर्फ नायकमा खेम तामाङ, म्हेन्दोमाया नव मोडेलमा अन्जिला वाइबा, तामाङ सेलो नव गायकमा रमित लामा, तामाङ सेलो गायकमा सुभाष तामाङ, नव मोर्डन गायकमा सनहाङ लिम्बूले अवार्ड हात पारे ।


कार्यक्रममा नेपालबाट नायक पल शाह, गायिका प्रमिला राई, लोकगायक नवीन पौडेल, यादव देवकोटालगायत कलाकारहरुसहित अवार्ड विजेताहरुको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन ५, २०७४ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?