कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मलेसियाका २ सहरमा श्रमिक सचेतना कार्यक्रम

कान्तिपुर संवाददाता

मलेसिया — नेपाली दूतावासले कामदार बढी कार्यरत मलेसियाका दुई मुख्य शहरहरु जोहोरबारु र पेनाङमा श्रमिक सचेतना कार्यक्रम आयोजना गर्‍यो ।

मलेसियाका २ सहरमा श्रमिक सचेतना कार्यक्रम

नेपाली श्रमिकहरुको जनचेतना अभिबृद्धि गर्ने र उनीहरुको गुनासो बुझ्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।


दूतावासले गत माघ १४ मा पेनाङ र गत आइतबार जोहोरबारुमा गत आइतबार सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा दूतावासको कन्सुलर सेवा लगायत अन्य सेवाहरु, सरोकारवाला विभिन्न निकायबाट प्रदान गरिने सेवा, मलेसियामा रहंदा भइपरि आउनसक्ने समस्या तथा तिनका समाधानका उपाय, स्वास्थ्यसम्बन्धी अपनाउनुपर्ने सावधानी, उनीहरुका हक, हित र जेल तथा फिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दार एवं कानुनी सहायताबारे जानकारी गराइएको थियो ।


कार्यक्रममा कार्यबहाक राजदुत कुमार राज खरेल, द्वितीय सचिवहरु प्रेमराज गौतम, विनोद मुखिया, महेश्वर मणि त्रिपाठी श्रम काउन्सिलर बद्री बहादुर कार्की लगायतले ती विषयहरुमा जानकारी गराएका थिए ।


कार्यक्रममा सहभागी नेपाली एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले दूतावासका अधिकारीहरुसमक्ष आफूहरुले देखे भोगेका विभिन्न समस्याबारे जानकारी गराउँदै समाधानबारे जिज्ञासा राखेका थिए ।


वैदेशिक रोजगारीमा नेपालीहरुमा कतिपय सामान्य जानकारी नहुँदा समेत विभिन्न समस्याहरु आइपर्ने गरेको पाइन्छ । खाडी एवं मलेसिया लगायत श्रमिक गन्तव्य मुलुकहरुमा कार्यरत नेपाली श्रमिकहरुको जनचेतना अभिवृद्धि गर्न सरकारले हाल त्यहाँस्थित नेपाली दूतावासमार्फत यस्ता सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?