३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

७ महिनादेखि साउदीमा २३ कामदार अलपत्र 

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना नेपाली कामदारले ७ महिनादेखि काम र तलव पाएका छैनन् । 

७ महिनादेखि साउदीमा २३ कामदार अलपत्र 


प्रिंस इन्टरनेशनल इपलोइमेन्ट सर्भिसबाट श्रम स्वीकृति लिएर उनीहरु साउदी गएका थिए । ‘हामीलाई अहिलेसम्म कम्पनीले काम र तलव दुवै दिएको छैन,’ सिराहाका रामजतन कामतीले भने,‘आएलगत्तै भोलिदेखि काम दिन्छु भन्यो । सात महिना वितिसक्दा पनि केही गरेको छैन ।’


अलपत्र पर्नेमा अधिकांस महनौर अर्नामा–१, सिराहाका छन् । जसमा सिराहका कामती, युधिर कामती, राम कुमार उराव, देब कुमार उराव, परमेश्वर उराव, प्रभात कुमार उराव, , सन्जू उराव, रंजीत उराव, संजय कुमार उराव, नबीन कुमार उराव, सगमलाल उराव र मुनेश्वर उराव रहेका छन् ।


त्यस्तै भोक्राहा–४ सुनसरीका हेमन्ता उराव, पबन उराव, रामलाल उराव, रंजीत उराव, कालो उराव, संदेब उराव, पुष्पलाल उराव, अशोककुमार उराव, दुहबी–८ सुनसरीका सीताराम उराव, उमेश उराव र रंगेली–२ मोरङका बोवालाल उराव रहेका छन् ।


उनीहरुले लामो समयसम्म कामबिहिन भएर वस्नुपर्दा ऋण भुक्तानी गर्न नपाइरहेको वताए ।

‘न त माम खान पाईयो । न त काम । घर फर्कन चाहन्छौ भन्दा पनि कम्पनीले कुनै चासो देखाएको छैन’, सीतारामले वताए । पीडितले उद्धारको लागि नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । साउदीको श्रम बिभागमा पुग्दा पनि गुनासो सम्बोधन नभएको उनीहरुले वताए ।


पवन उरावले प्रहरीले चार पटक पक्राउ गर्दा पनि छोड्ने गरेको वताए । उनीहरुको साउदीको आवासीय अनुमति कार्ड (भिसा) समेत दिएको छैन । पीडितले पठाउने म्यानपावरबाट उद्धार र कम्पनीसँग समन्वय हुन नसकेको वताए ।


प्रकाशित : फाल्गुन १०, २०७४ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?