ओमनमा अलपत्र कामदारको उद्वार भएन 

कम्पनीले अटेर गरेपछि ओमन सरकारसँग समन्वय भइरहेको छ : राजदूत पराजुली 
कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगारका लागि ओमन पुगेका २० जना नेपाली कामदारको समस्या अझै समाधान हुन सकेको छैन । ती कामदारलाई अनेष्टी ओभरसिजले गत डिसेम्बर २६ गते ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड  कम्पनीमा पठाएको थियो । 

ओमनमा अलपत्र कामदारको उद्वार भएन 

ती कामदारले म्यानपावरसँग सम्झौता गरेको काम र तलव नपाएका हुन् । २० जना मध्ये ११ जनालाई कम्पनीले क्याम्पबाट निकालिदिएको छ । ‘हामी एकसय २० ओमनी रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न आएका हौं । कम्पनीले सडक खन्ने काम लगायौं,’ फुलासी, रामेछापका यमबहादुर चौहानले कान्तिपुरलाई भने,‘सडक खन्ने काम नगरेपछि हामीलाई रातभरी भुईमा राखिदियो । फोरम्यानलाई भनेर क्याम्पबाट निकालिदियो ।’

कम्पनीबाट निष्कासीत ११ जना कामदार उद्वारको लािग सोहरबाट झन्डै तीनसय किमी टाढा राजधानी मस्कट आइपुगेका छन् । नेपाली दूतावासमा पुरुष कामदारको लागि सेल्टर नभएकोले ६ जनालाई गैरआवासीय नेपाली सामाजीक क्लव र ५ जनालाई बुद्ध भिजनले आश्रय दिइरहेको छ ।

उनीहरु एकलाख २० हजार रुपैयाँसम्म तिरेर गएको हो । ९ जना कामदारलाई कम्पनीले अर्को ठाँउमा लगेर राखेको छ । ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले समस्या समाधान गर्नका लागि कम्पनी सञ्चालकसँग पटक पटक छलफल भएको वताइन् । ‘समस्याको समाधान गर्न कम्पनीले समय मागेको थियो । हामीले समय पनि दियौं । दिइएको समयभित्र समाधान निस्केन,’ ढकालले कान्तिपुरसँग भनिन्,‘अहिले पीडितको मुद्धा यहाँको श्रम बिभागमा पुगेको छ । उनीहरुलाई जतिसक्दो छिटो स्वदेश पठाउनको लागि बिभागसँग समन्वय भइरहेको छ ।’

दूतावासले पीडित कामदारलाई उद्धार गर्न नसकेको भन्दै कारवाही गर्न वैदेशिक रोजगार बिभागलाई अनुरोध गरेको छ । पीडित कामदारले आफूहरु यथासक्य स्वदेश फिर्न चाहिएको वताए । कम्पनी सञ्चालक कामदार ल्याउन आफ्नो खर्च भएको भन्दै कामदार पठाउन अनिच्छुक देखिएका छन् । म्यानपावरले आफ्नो खर्च सोधभर्ना गरेमा मात्रै कामदारलाई पठाउने कम्पनीको अडान छ । पीडितहरुले कम्पनीको कार्यालय नै नभएको वताए । ‘कम्पनीको अपिस नै छैन रहेछ । एउटा टेवुल मात्रै छ । त्यसमा कोही वस्दैन,’ कैलालीका शेरबहादुर खत्रीले भने । उनीहरुमध्ये अधिकांस खाडीबाट फर्केका कामदार थिए ।

धनुषाका रामललित यादवले दुई महिनासम्म काम गर्न नपाउदा आउदा लागेको ऋणले सताउन थालेको वताए । ‘दुई महिना भइसक्यो । साहुहरु पैसा नदिएको भन्दै घर धाउछन्,’ उनले भने,‘यताबाट मात्रै निस्कन पाएपनि जसोतसो तिर्ने ब्यबस्था हुन्थ्यो ।’

पीडित हुने कामदार सवै खाडीका बिभिन्न देशमा काम गरेका अनुभवी हुन् । गैरआवसीय नेपाली सामाजीक क्लवका अध्यक्ष दीपक श्रेष्ठले पीडितहरु मानसीक तनावमा रहेकोले तुरुन्त उद्धार गर्नुपर्ने वताए ।


प्रकाशित : फाल्गुन ११, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?