कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लमजुङका युवक कतारमा दुई सातादेखि बेपत्ता

आश गुरुङ

लमजुङ — रोजगारीका लागि कतारमा रहेका मध्यनेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् । 

लमजुङका युवक कतारमा दुई सातादेखि बेपत्ता

गत फेब्रुअरी २४ (फागुन १२ गते) देखि कतारको सनैया सहरबाट हराएका उनी हालसम्म सम्पर्कमा नआएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।


कतारस्थित नेभी (मिलाह लजिष्टिक) मा हेल्पर पदमा कार्यरत घिमिरे आफू बस्दै आएको क्याम्पबाट हराएका हुन् । मोबाइल, वालेट, परिचयपत्र समेत कोठामा छाडेर हिडेका घिमिरे आफन्त, साथीभाई र कम्पनीका कर्मचारी कसैको सम्पर्कमा पनि नआएको अध्यक्ष श्रेष्ठले बताए ।


घिमिरेको खोजीका लागि सामाजिक सञ्जालमा समेत सूचना जारी गरिएको छ । सम्भावित स्थान र व्यक्तिसंग सम्पर्क गरे पनि फेला पार्न नसकेको उनले बताए । उनको खोजीका लागि लमजुङ सेवा समाजका तर्फबाट नेपाली दूतावास र एनआरएनए एनसीसी कतारलाई पत्राचार गरेको अध्यक्ष श्रेष्ठले बताए ।


कतारमा सञ्जय रेग्मी, शिवभक्त पौडेल, शिव रसाईली, उत्तम रेग्मी लगायतका नेपाली युवा घिमिरेको खोजीमा लागेको श्रेष्ठले बताए । उनी लमजुङस्थित परिवारको सम्पर्कमा पनि नआएको मध्यनेपाल नगरपालिका ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए । घिमिरे सम्पर्कवीहिन भएपछि घरमा बृद्धाआमा र पत्नी चिन्तित बनेको उनले बताए । घिमिरेका आमा, पत्नी र १० वर्षीय एक छोरा रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २६, २०७४ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?