राईप्रति हङकङबाट श्रद्धाञ्जली अर्पण

कान्तिपुर संवाददाता

हङकङ — मूर्धन्य साहित्यकार इन्द्रबहादुर राई (इबरा) प्रति हङकङका नेपाली साहित्यकर्मी तथा साहित्यप्रेमीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त प्रयोजनका लागि विश्व नेपाली साहित्य महासंघ हङकङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो ।

राईप्रति हङकङबाट श्रद्धाञ्जली अर्पण

चुम्लुङ हिममा आयोजित कार्यक्रममा सहआयोजक नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेले स्वागत मन्तव्यको क्रममा स्व. राईको जीवनी संक्षिप्तमा राखेका थिए ।


उक्त समारोहमा सहआयोजक समीक्षक समाजका संयोजक हेम लावती, साब्लाबुङ प्रकाशनका अध्यक्ष राजकुमार राई, आदिवासी जनजाति साहित्यिक समूहका संयोजक भूपेन्द्र चेमजोङ, हिमालयन म्युजिक एकाडेमीका अध्यक्ष दिनेश सुब्बा, चित्रकार दीपेन्द्र राई र नीजि भ्रमणमा रहेका नेपालका साहित्यकर्मी लक्ष्मण सिटौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।


वक्ताहरुले स्व. राईको निधनले नेपाली साहित्यलाई ठूलो क्षति पुगेको बताएका थिए । उनको नेतृत्वमा प्रतिपादित तेश्रो आयाम र लीला लेखनले नेपाली साहित्यलाई विश्व साहित्यको समकक्षमा पुर्‍याएको दावी बक्तहरुको थियो ।


प्रमुख अतिथि नेपाली भाषा तथा साहित्य परिषद्का अध्यक्ष किसन राईले इबराले शुरु गरेको साहित्यिक विचारलाई सहयोग पुग्ने गतिविधिले मात्र उनीप्रति साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए ।

एक मिनेट मौन धारण, पुष्पागुच्छा अर्पणसहितको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष चन्द्र मादेन ‘आन्छन्’ले गरेका थिए । कार्यक्रम संचालक महासंघका सचिव बल्लभ रोक्का रहेका थिए ।


प्रकाशित : फाल्गुन २९, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?