कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इण्डोनेसियाली युवतीको हत्या प्रकरण : मलेसियाली प्रहरीको खोजी सूचीमा नेपाली युवा

मलेसिया — इण्डोनेसियाली महिलाको हत्या गरेको आशंकामा एक नेपाली युवा मलेसियाली प्रहरीको खोजी सूचीमा छन् । प्रहरीले २७ बर्षीय नेपाली युवा सदीप गुरुङको खोजी गरिरहेको छ ।

इण्डोनेसियाली युवतीको हत्या प्रकरण : मलेसियाली प्रहरीको खोजी सूचीमा नेपाली युवा

त्यहाँको बायान लापासस्थित एक फ्याक्ट्रीमा कार्यरत उनी हाल फरार रहेको जनाइएको छ । २५ बर्षीय शान्ति रेस्तौली सिम्बोलानलाई हत्या गरेको आशंकमा प्रहरीले सदीपलाई खोजी गरिरहेको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।


उनको प्रेमिका रहेकी भनिएकी शान्तिको शव बिहीबार पेनाङको आयर इतामस्थित ग्रीन गार्डेन अपार्टमेन्टको एक फ्ल्याटस्थित सदीप बस्दै आएको कोठामा भेटिएपछि उक्त तथ्य बाहिर आएको हो ।


प्रहरीले शान्तिको शव सोही फ्ल्याटको कोठाभित्र रहको दराजभित्र ताल्चा लगाएर राखिएको अवस्थामा फेला पारेको थियो । उनको करिब तीन दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका प्रहरीको छ ।


उक्त फ्ल्याटमा बस्दै आएका अन्य दुई नेपाली युवाहरुले सदीपको कोठाबाट केही ‘नराम्रो गन्ध’ आएको भन्दै गत बिहीबार राती १० बजे प्रहरीलाई खबर गरेका थिए ।

समाचार अनुसार प्रहरीले उनीहरुलाई पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शान्तिले केही साताअघि इण्डोनेसिया फर्केर अर्कै युवासंग बिहे गर्ने बताएपछि सदीपले उनको हत्या गरेको हुनसक्ने आशंका छ ।

हाल पेनाङस्थित प्रहरीले सदीपको फोटो सार्वजनिक गर्दै उनीबारे जानकारी पाएमा आफुलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । सदीपबारे थप जानकारी खुलाइएको छैन ।


प्रकाशित : चैत्र ४, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?