कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु

सोल — दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका स्याङजा कृष्ण गण्डगी गाउँपालिकाका डिलबहादुर थापाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कोरियामा नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु

घटना बारे शनिबार स्थानिय प्रहरी मार्फत औपचारिक जानकारी आएको श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए ।


फेनतेकस्थित एक कृषि फार्ममा काम गर्दै आएका मृतक थापा ७ महिना अघि कोरिया आएका थिए । कोठामा संगै सुतेका साथीले ११ बजेतिर खाना खान बोलाउँदा मृत भेटिएको जनाइएको छ । बेलुका खाना खाएर राम्रस‌ंग सुतेका थापा विहान ३ बजेतिर शौचालय गएर आएको साथीले बताएका छन् ।


थापाको शवलाई प्रहरीले निरक्षण गरी स्थानीय एक अस्पतालमा राखिएको छ । नेपालमा परिवारलाई थापाको निधन बारे जानकारी दिइसकेका छन् । परिवारबाट नेपाल पठाइदिन सहमतिको पत्र प्राप्त हुनसाथ घर पठाउने दूताबासले जनाएको छ । दूताबासबाट सोमबार घटनास्थल निरिक्षण गर्न जाने श्रमसहचारी बास्तोलाले बताए ।


कोरियामा सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो छ । गतवर्ष २०१७ मा ६ जनाको सुतेकै अवस्थामा निधन भएको थियो ।

प्रकाशित : चैत्र ४, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?