१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ओमनस्थित नेपाली दूतावासद्वारा ८ नेपाली कामदारको उद्धार 

काठमाडौँ — ओमनस्थित नेपाली दूतावासले श्रम सम्झौताअनुसार काम र तलब नपाएका ८ जना नेपाली कामदारलाई उद्धार गरी मंगलबार स्वदेश पठाएको छ । 

ओमनस्थित नेपाली दूतावासद्वारा ८ नेपाली कामदारको उद्धार 

गत डिसेम्वर २६ तारिख अनेष्टी ओभरसिजले ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा पठाएको थियो । यसअघि त्यस कम्पनीवाट ११ जना कामदारलाई उद्वार गरी स्वदेश पठाएको थियो ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालका अनुसार श्रम विभागसँग समन्वय गरी पीडितलाई नेपाल पठाइएको हो । पीडित कामदारको टिकट म्यानपावरले ब्यवस्था मिलाएको हो ।

उद्धार हुनेमा दारिकाप्रसाद चैधरी, रामु गिरी, राजकुमार तामाङ, देववहादुर विक, ज्ञानवहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना रहेका छन् । ती कामदार एकसय २० ओमनी रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न ओमन पुगेका थिए । उनीहरुलाई एमाले निकट प्रवासी नेपाली मञ्चले खान बस्न सहयोग गरेको थियो ।


प्रकाशित : चैत्र ७, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?