१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अष्ट्रेलियाको समुद्री किनारमा एकै दिन १ सय ह्वेल मृत भेटिए

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री किनारमा एक सय बढी ह्वेल मरेका भेटिएका छन् । 

अष्ट्रेलियाको समुद्री किनारमा एकै दिन १ सय ह्वेल मृत भेटिए

पश्चिम अष्ट्रेलियाको हेमिलिन बे नामको समुद्रमा शुक्रबार बिहान माछा मार्न गएका ब्यक्तिले ह्वेलहरु समुद्रको किनारमा अलपत्र परेको देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए ।

सञ्चारमाध्यमहरुका अनुसार उक्त समुद्र किनारमा १ सय ५० बढी ह्वेलहरु अलपत्र भेटिएका थिए । अहिलेसम्म १ सय बढी ह्वेलहरु मरिसकेका छन् भने जिवित रहेकालाई बचाएर समुद्रमा नै फिर्ता पठाउने प्रयास भइरहेको छ । ती सबै ह्वेलहरु राति देखि नै किनारको सुख्खा क्षेत्रमा रहेकाले धेरै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

अहिले उक्त स्थानमा ह्वेललाई उद्दार गर्नका लागि उद्दारकर्मीहरु लागेका छन् । मरेका ह्वेलहरु छोटो पखेटा प्रजातिका भएको जनाएको छ । अधिकारीहरुले कसरी त्यत्रो संख्यामा ह्वेलहरु समुद्री किनारमा अलपत्र परे भन्ने निक्र्यौल नभए पनि पानीको तापक्रम परिवर्तन वा चट्याङ्गका कारण भएको हुनसक्ने बताएका छन् ।

अधिकांश क्षेत्रफल पानीले घेरिएको अष्ट्रेलियामा यसरी ह्वेलहरु यसअघि पनि मरेका थिए । ९ बर्षअघि पनि सोही समुद्र किनारमा ७२ वटा ह्वेलहरु र एक डल्फिन मृत भेटिएका थिए भने १० वटालाई उद्दारकर्मीले समुद्रमा फिर्ता पठाउन सफल भएका थिए ।

अहिले उद्दारकर्मीहरुले आफ्नो पहिलो प्राथमिकता जीवित रहेका ह्वेलहरुलाई समुद्रमा फिर्ता पठाएर उनीहरुको ज्यान बचाउनु रहेको बताएका छन् । समुद्र किनारमा अलपत्र परेका छोटो पखेटा भएका ह्वेलको प्रजाति १ देखि ५ टनसम्म हुने गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?