नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीस्थित काउरामा सुरु भएको चर्चित बहुसांस्कृतिक महोत्सवमा यसबर्ष नेपालले मुख्य अतिथि मुलुकको स्थान पाएको छ । 

शुक्रबारदेखि ३ दिनसम्म चल्ने महोत्सवमा अष्ट्रेलियाको काउरा काउन्सिलले नेपालको पर्यटन, कलासंस्कृति, परम्परा, भेषभुषा, रहनसहनको प्रचार प्रसारभईरहेकाे छ ।

‘काउरा फेस्टिभल अफ इन्टरनेसनल अण्डरस्ट्याण्डिङ्ग’ नाम दिइएको यो बहुसांस्कृतिक महोत्सव हरेक बर्ष सिड्नीको काउरामा आयोजना गरिदैँ आएको छ । महोत्सवमा अतिथि देशम राखेपछि आयोजकले नेपाललाई नै आफ्नो इन्स्ट्राग्राम र फेसबुकको प्रोफाइल तस्बिर बनाएको छ । नेपालको राष्ट्रिय झण्डाका साथै बिभिन्न पर्यटकीय गन्तब्यका तस्बिरहरुलाई समेत प्राथमिकताका साथ सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको छ ।
महोत्सवमार्फत् स्थानीय विद्यालयका विद्यार्थीहरुलाई नेपालको बारेमा जानकारी दिएको छ । विद्यार्थीहरुले नेपालका बिभिन्न तस्बिरहरुको पेन्टिङ गरेर सजाएका छन् । नेपालको पर्यटकीय क्षेत्र र कलासंस्कृतिको प्रवद्र्धनका लागि अष्ट्रेलियाबाट १९ वर्षको उमेरमा सगरमाथा आरोहण गर्न सफल अलिसा अजर समेत लागेकी छन् । कार्यक्रममा नेपाली खाना, पोशाक, रहनसहन लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा क्यानबेरामा रहेको दुतावास, एनआरएन लगायतका अन्य सामाजिक संस्थाहरु समेत सक्रिय रुपमा लागेका छन् । अष्ट्रेलियास्थित नेपाली राजदुत लक्की शेर्पाले अष्ट्रेलियाको महत्वपुर्ण बहुसांस्कृतिक महोत्सवमा नेपालले यो स्थान पाउनु गर्वको बिषय भएको सुनाइन् । उनले यस किसिमका कार्यक्रमले नेपाल र अष्ट्रेलियाबिचको आपसी सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने बताइन् । उक्त महोत्सवको राजदुत शेर्पा र काउन्सिलर मेयर बिल वेष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा सिड्नीका साथै सिड्नीको दुर्गम स्थान अरेन्ज, बाथुरस्ट राजधानी क्यानबेरा लगायतमा बसोबास गर्ने नेपालीहरुले सहभागिता जनाइरहेका छन् । कार्यक्रममा सहभागी वीरेन्द्रदीप मल्लले नेपाललाई प्राथमिकता दिएको यो महोत्सवले यहाँ बसोबास गर्ने नेपालीको पहिचानमा थप मद्दत पुर्‍याएको बताए । हरेक वर्ष हुने यो महोत्सवमा प्रत्येक मुलुकलाई अतिथि मुलुकका रुपमा राखेर काउन्सिलले उनीहरुको कलासंस्कृति, परम्परा र पर्यटन लगायतको प्रचारप्रसार गर्दै आएको छ ।

प्रकाशित : चैत्र १०, २०७४ १४:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडक विस्तार गर्न जनकपुरमा २ हजार घर भत्काइदैँ

अजित तिवारी

जनकपुर — सडक विस्तार गर्न जनकपुरको मुख्य बजार क्षेत्रका घर र व्यापारिक भवन भत्काएको छ । एक्साभेटरको प्रयोग गरेर जनकपुरको जनक चोकदेखि भानु चोकसम्मको घर भत्काउन सुरु गरेको हो ।

तस्बिर : जनकपुरको भानु चोकमा सडक फराकिलो बनाउन डोजरले घर भत्काउँदै । तस्बिर : अजित तिवारी/कान्तिपुर


जनकपुर उप–महानगरपालिकाले सडक क्षेत्रमा परेका घर भत्काउन पटक पटक आग्रह गरे पनि अटेरी गरेकाहरुको घर शनिबार बिहानैदेखि भत्काउन थालिएको हो।उपमहानगरपालिकामा शुक्रबार बसेको बैठकले शनिबारदेखि सडक क्षेत्रमा परेको घर भत्काउने निर्णय गरेको थियो।

उप–महानगरपालिकाको निर्णय सार्वजनिक भएलगत्तै शुक्रबार साँझदेखि नै केहीले मजदुर लगाएर आफैं घर तोडफोड गर्न थालेका छन्। आफैंले भत्काएको घरमा एक्साभेटरले हिर्काएको छैन। जनकपुरको जनक चोकदेखि भानुचोकसम्मको क्षेत्र यहाँको मुख्य व्यापारिक बजार हो। पसल र व्यापारिक भवन मात्रै रहेको यो क्षेत्रको सडक विस्तार गर्न उप–महानगरपालिकाले शनिबारदेखि डोजर लगाएको छ।

जनकपुरको भानु चोकमा सडक फराकिलो बनाउन भत्काएकाे बजार क्षेत्र। तस्बिर : अजित/कान्तिपुर

मुख्य बजार क्षेत्रमा घर भत्काउन डोजर लगाउँदा सर्वसधारणको ठूलो भीड लागेको छ। प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा घर भत्काएको छ।

एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा जनकपुरमा निर्माण भइरहेको ढल–नाला र सडक निर्माणमा मुख्य बजार क्षेत्रकै घर र व्यापारिक भवनले अबरोध पुगेको थियो। सुरुमा उप–महानगरपालिका कार्यालयले नै बजार क्षेत्रको घर भत्काउन अनिच्छा देखाएको थियो। पछि, चौतर्फी दबाब परे पछि भत्काउन सुरु गरेको हो।

जनकपुरको भानु चोकमा सडक फराकिलो बनाउन भत्काएकाे बजार क्षेत्र। तस्बिर : अजित/कान्तिपुर

१६ मिटर चौडाइको बनाउन लागिएको नयाँ सडकको दुबै छेउमा १/१ मिटर फुटपाथ निर्माण गरिनेछ। उप–महानगरपालिकाले सडक मापदण्ड मिचेर बनेको घर भत्काउन अभियानै थालिने बताएको छ।

एडीबीको १ अर्ब ९० करोड मध्ये सडक विस्तार र ढलनाला निर्माणमा ९८ करोड ९८ लाखमा बजार क्षेत्रको १० किलोमिटर सडक फराकिलो र २० किलोमिटर ढल–नाला निर्माण भइरहेको छ।

सहरी विकास आयोजनाका प्रमुख इञ्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार सडक फराकिलो बनाउन जनकपुर क्षेत्रका करिब दुई हजार घर–टहरा भत्काइने छन्।

प्रकाशित : चैत्र १०, २०७४ १३:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT