१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीस्थित काउरामा सुरु भएको चर्चित बहुसांस्कृतिक महोत्सवमा यसबर्ष नेपालले मुख्य अतिथि मुलुकको स्थान पाएको छ । 

नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल

शुक्रबारदेखि ३ दिनसम्म चल्ने महोत्सवमा अष्ट्रेलियाको काउरा काउन्सिलले नेपालको पर्यटन, कलासंस्कृति, परम्परा, भेषभुषा, रहनसहनको प्रचार प्रसार भईरहेकाे छ ।


‘काउरा फेस्टिभल अफ इन्टरनेसनल अण्डरस्ट्याण्डिङ्ग’ नाम दिइएको यो बहुसांस्कृतिक महोत्सव हरेक बर्ष सिड्नीको काउरामा आयोजना गरिदैँ आएको छ । महोत्सवमा अतिथि देशम राखेपछि आयोजकले नेपाललाई नै आफ्नो इन्स्ट्राग्राम र फेसबुकको प्रोफाइल तस्बिर बनाएको छ । नेपालको राष्ट्रिय झण्डाका साथै बिभिन्न पर्यटकीय गन्तब्यका तस्बिरहरुलाई समेत प्राथमिकताका साथ सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको छ ।

महोत्सवमार्फत् स्थानीय विद्यालयका विद्यार्थीहरुलाई नेपालको बारेमा जानकारी दिएको छ । विद्यार्थीहरुले नेपालका बिभिन्न तस्बिरहरुको पेन्टिङ गरेर सजाएका छन् । नेपालको पर्यटकीय क्षेत्र र कलासंस्कृतिको प्रवद्र्धनका लागि अष्ट्रेलियाबाट १९ वर्षको उमेरमा सगरमाथा आरोहण गर्न सफल अलिसा अजर समेत लागेकी छन् । कार्यक्रममा नेपाली खाना, पोशाक, रहनसहन लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराइने आयोजकले जनाएको छ ।


महोत्सवमा क्यानबेरामा रहेको दुतावास, एनआरएन लगायतका अन्य सामाजिक संस्थाहरु समेत सक्रिय रुपमा लागेका छन् । अष्ट्रेलियास्थित नेपाली राजदुत लक्की शेर्पाले अष्ट्रेलियाको महत्वपुर्ण बहुसांस्कृतिक महोत्सवमा नेपालले यो स्थान पाउनु गर्वको बिषय भएको सुनाइन् । उनले यस किसिमका कार्यक्रमले नेपाल र अष्ट्रेलियाबिचको आपसी सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने बताइन् । उक्त महोत्सवको राजदुत शेर्पा र काउन्सिलर मेयर बिल वेष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


कार्यक्रममा सिड्नीका साथै सिड्नीको दुर्गम स्थान अरेन्ज, बाथुरस्ट राजधानी क्यानबेरा लगायतमा बसोबास गर्ने नेपालीहरुले सहभागिता जनाइरहेका छन् । कार्यक्रममा सहभागी वीरेन्द्रदीप मल्लले नेपाललाई प्राथमिकता दिएको यो महोत्सवले यहाँ बसोबास गर्ने नेपालीको पहिचानमा थप मद्दत पुर्‍याएको बताए । हरेक वर्ष हुने यो महोत्सवमा प्रत्येक मुलुकलाई अतिथि मुलुकका रुपमा राखेर काउन्सिलले उनीहरुको कलासंस्कृति, परम्परा र पर्यटन लगायतको प्रचारप्रसार गर्दै आएको छ ।

प्रकाशित : चैत्र १०, २०७४ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?