२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’  

नारायण खड्का

अष्ट्रेलिया — राष्ट्रिय झण्डा हातमा लिएर एकै पोशाक दर्जनौ नेपालीहरु समुद्र किनारमा हिड्दा दक्षिण अष्ट्रेलियाको पर्यटकीय क्षेत्र नेपालमय बन्यो ।

अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’  

बिहानै नेपालीहरुको भीड देखेपछि पैदल हिडेका विदेशीले समेत कार्यक्रम बारे उत्सुकता साथ जानकारी मागिरहेका थिए ।

अहिले एनआरएन अष्ट्रेलियाले मानसिक तथा घरेलु हिंसापीडित महिलाको सहयोगार्थ ‘वाक फर वेलफेयर’ कार्यक्रम गरिरहेको छ । ‘वाक फर वेलफेयर वेलफेयर फर वुमन’ कार्यक्रम अन्तरगत दक्षिण अष्ट्रेलियाको ग्लेनेगबिचमा दर्जनौ नेपालीले पैदल यात्रा गरेका थिए ।

एनआरएन अष्ट्रेलियाले मानसिक तथा घरेलु हिंसापीडित महिलाको सहयोगार्थ आयोजना गरेको ‘वाक फर वेलफेयर’ कार्यक्रम । तस्बिर – नारायण /कान्तिपुर

स्थानीय विदेशीले समेत नेपालीको पदयात्रालाई उत्सुकताका साथ अवलोकन गरेका थिए । उक्त क्षेत्र यहाँको उत्कृष्ठ मध्य पर्यटकीय क्षेत्रका रुपमा लिइन्छ । ‘यो हामीले हरेक दुई वर्षमा गर्ने नियमित कार्यक्रम हो ।’ एनआरएन उपाध्यक्ष अशोक केसीले भने । आफ्नो राष्ट्रिय झण्डा फहराउँदै पैदलयात्रा गर्न पाउँदा सहभागिहरु पनि उत्साहित देखिन्थे ।

एनआरएन अष्ट्रेलियाले मानसिक तथा घरेलु हिंसापीडित महिलाको सहयोगार्थ आयोजना गरेको ‘वाक फर वेलफेयर’ कार्यक्रम । तस्बिर – नारायण /कान्तिपुर

कार्यक्रमलाई राष्ट्रिय रुपमा संयोजन गरिरहेकी प्रतिज्ञा अधिकारीले यस वर्षको कार्यक्रमको मुख्य उद्देश्य समस्यामा परेका महिला तथा मानसिक र घरेलु हिंसाबाट पीडितहरुलाई सहयोग गर्नु रहेको बताइन् । उनले महिला हरेक घरको मुख्य सदस्य भएका कारण समेत उनीहरुको समस्या बुझ्ने प्रयास एनआरएनले गरेको दाबी गरिन् ।

एनआरएनले सहयोग रकम संकलन गर्ने तर समयमै पारदर्शी नबनाउने आरोप पनि झेल्दै आएको छ । दक्षिण अष्ट्रेलियाका कोषाध्यक्ष रजनेश श्रेष्ठले अघिल्ला कार्यक्रमहरुको हिसाब किताब पारदर्शी नभएको हुनसक्ने भन्दै एनआरएनले सबै कार्यक्रम पारदर्शी राख्ने प्रयास गरेको बताए ।

एनआरएनको यो कार्यक्रम अहिलेसम्म सिड्नी, क्यानबेरा, ब्रिसबनमा सम्पन्न गरिसकेको छ भने अन्य सहरमा आयोजना हुने क्रममा छ ।

प्रकाशित : चैत्र १०, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?