कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेदरल्याण्ड्समा नेपाल दिवस सम्पन्न

नेदरल्याण्ड्स — नेदरल्याण्ड्सको राजधानी आमस्टारडाममा नेपाल दिवस सम्पन्न भयो । 

नेदरल्याण्ड्समा नेपाल दिवस सम्पन्न

बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाको प्रमुख आत्थियता सम्पन्न कार्यक्रम नेपाल विकास प्रतिष्ठानको आयोजनमा र नेदरल्याण्ड्सका नेपाली संघसंस्था तथा विभिन्न परोपकारी डच संस्थाको सहयोगमा सम्पन्न भएको थियो ।


राजदुत थापाले आर्थिक कुटनिति, लगानी, पर्यटन प्रवर्द्धन, परोपकारी कार्यहरु र दुईदेशिय संवन्धमा आफ्ना भनाईहरु राखेका थिए ।


नेपाल तथा पर्यटन प्रवर्द्धन, नेपाली उत्पादनहरु परिचित गराउने, नेपालको प्रचार प्रसार गर्ने, व्यापारलाई प्रवर्द्धन गर्ने र लगानी भित्राउने उत्प्रिेरित गाराउने विशुद्ध लक्ष्यका साथ नेपाल डे आयोजना गरिएको कार्यक्रम भव्य रुपमा संपन्न भएको नेपाल विकास प्रतिस्ठानका शशी पौडेलले बताए ।


कार्यक्रममा नेपाली विभिन्न समुदायका भेषभुषा प्रदर्शन, नाचगान र झाँकीहरु समेत प्रदर्शन गरि नेपालको साँस्कृतिक विविधतालाई प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा विना अक्सिजन सफल सरगमाथा आरोही विल्को भान रिइनले आफ्नो अनुभव तथा नेपाल तथा नेपालीहरु अत्यन्तै सुन्दर रहेका कारण एकपटक भेट्न सहभागीहरुलाई सुझाएका थिए ।


एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष ठाकुर शर्मा मनोहरिले नेपाली समुदायको तर्फबाट नेपालमा परोपकारी काम गरेका सवै डच संस्थाहरुलाई धन्यबाद दिदै दुई देशको भावनात्मक सम्बन्धलाई अझै मजुबत बनाउन जोड दिए । कार्यक्रममा नेपाली पर्यटन दुत केशवराज पाण्डे लगायत सयौको संख्यामा डच तथा नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : चैत्र १०, २०७४ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?