१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपाल–कतार मैत्रीपुुर्ण पर्यटन परियोजना

काठमाडौँ — नेपाल पत्रकार महासंघ कतार शाखाले कतारवाट नेपालमा पर्यटक लैजाने परियोजना शुरु गरेको छ । 

नेपाल–कतार मैत्रीपुुर्ण पर्यटन परियोजना

शाखाले मैत्रीपुर्ण पर्यटन परियोजनालाई बृहत वनाउनको लागि कतारमा क्रियशील गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ र अन्तराष्ट्रिय नेपाली मुुस्लीम समाजको भुमिका खोजेको छ ।


‘कतारवाट युरोप–अफ्रिका घुम्न जाने पर्यटकलाई नेपालमा सहज रुपमा लैजान सकिन्छ,’ शाखा अध्यक्ष करिमवक्स मियाँले भने,‘जति कतारी र गैरकतारी नेपाल घुम्न गइसके । उनीहरुको अनुभब मात्रै आदनप्रदान गरे नेपालमा पर्यटक भित्राउन सहज हुने वताए ।’


शखाले पर्यटक लैजान सरकार, पर्यटन बोर्ड, होटल एशोसियसनसँग समन्वय बढाउने तयारी गरेको छ । ‘यो परियोजनालाई अगाडि बढाउन हामी तयार छौं’, एनआरएन कतारका अध्यक्ष नविन पोखरेलले छलफलमा भने,‘यसको लागि हाम्रो भुमिका कस्तो हुनुपर्छ । त्यसको खाका वनाउनेछौं ।’


नेपाली व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईले पहिलो चरणमा कतारमा क्रियाशील सवै व्यवसायीले आआफ्ना स्पोन्सरलाई लैजाने बिषयमा ब्यवसायीसँग कुराकानी भइरहेको वताए । ‘कतारीलाई नेपाल लैजाने यो सही समय हो,’ उनले भने ।


अन्तराष्ट्रिय नेपाली मुुस्लिम समाज कतारका अध्यक्ष मो. मुुक्तदा मुुसलमानले खाडी राष्ट्रवाट नेपालमा पर्यटक भित्राउन संस्कृतीक सभ्यतामा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिदै विलासी पर्यटकका लागि सुहाउदो पुर्वाधार र ब्यबस्थापनको खाँचो रहेको बताए ।


अन्तराष्ट्रिय नेपाली मुुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक रमाजान अलिमियाँले कतारी नागरीक पर्यटकका रुपमा नेपाल पुगेपछि उनीहरुलाई प्रकृतिक ट्रेकिङ्ग, र्‍याफटिङ्ग, जंङ्गल सफारी, प्याराग्लाइडिङ लगायतका बिषयको प्याकेज वनाउनुपर्नेमा जोड दिए । ‘नेपाल पर्यटन बोर्ड र कतार टुरिजम अथोरिटीसंग समन्वय गदै श्रब्यदृस्य सामाग्री सहितको प्रचारप्रसार जरुरी पर्छ,’ उनले भने,‘नेपालमा कतारी पर्यटक भित्राउन सहज छ । यसका लागि महासंघसँग सहकार्य गर्न इच्छुक छौं ।’


प्रकाशित : चैत्र ११, २०७४ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?