जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर 

काठमाडौँ — साउदी अरवस्थित नेपाली दूताबासले पुर्वी क्षेत्रमा रहेको जुवेल स्थित एस.ओ.एस कम्पनीमा कार्यरत एकसय ५० नेपालीको स्वास्थ्य परिक्षण गरेको छ । 

जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर 

दूतावासले बदर अल खलिज अस्पतालका चिकित्सकको समन्वयमा नेपालीको स्वास्थ्य परिक्षण गरेको हो । उनीहरुलाई सवैभन्दा वढी मधुमेह (सुगर) को समस्या देखिएको छ ।


‘साउदी अरवमा कार्यरत नेपालीको कार्यस्थलमै गएर भेट्ने, गुनासो सुन्ने र समाधान गर्ने लक्ष्य राखेको छ,’ स्वस्थ्य शिविरपछि आयोजित अन्तरक्रियामा सम्वोधन गर्दै साउदीका लागि नेपाली राजदूत महेन्द्र सिंह राजपुतले भने,‘दूतावास नेपालीको निकट भएर कार्यसम्पादन गर्न चाहन्छ ।’


दूतावासका उपनियोग प्रमुख आन्नदप्रसाद शर्मा, श्रम सहचारी अम्बिकाप्रसाद अधिकारी, प्रथम सचिब बिजय रावत, गैर आवासीय संघ, साउदीका अध्यक्ष नारायण पासवानले जुवेलमा रहेका नेपालीको समस्या र समाधानको बिषयमा सम्बोधन गरेका थिए ।


राजदूत सिंह समक्ष पीडित श्रमिकले आआफ्ना समस्याहरू जानकारी गराएका थिए । श्रम काउन्सेलर अम्बिकाप्रसाद अधिकारीले ७ महिनामा झन्डै दुई हजार नेपाली कामदारको श्रम गुनासो सम्बोधन गरेको वताए । उपस्थीति नेपालीलाई दुतावासका प्रथम सचिब बिजय रावतले योगा र ध्यान सिकाएका थिए ।


राजदूतद्वारा पीडितलाई आर्थिक सहयोग

राजदूत सिंहले हरेक चार महिनामा आफ्नो तलवबाट एक हजार रियाल आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।


उनले यसअघि दुर्घटनामा परी अस्पतालमा उपचार गरिरहेका धनुषाका एक श्रमिक र प्रेम वचाउ अभियानलाई एक/एक हजार रियाल ब्यक्तिगत रुपमा सहयोग गरेका थिए ।


‘नेपालीको समस्यालाई अवस्था हेरी प्राथमिकता दिई समाधान गर्न उचित पहल गर्नेछु,’ उनले भने ।

दूतावासवाट पछिल्लो सात माहिनामा एकसय २४ शव ब्यवस्थापन, सेल्टरमा राखी ३४ महिलाको उद्वार, दुई हजार १४ कामदारको मागप्रमाणीकरण भएको जनाएको छ ।



प्रकाशित : चैत्र ११, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?