३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई

काठमाडौँ — नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस मनाएको छ ।

अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई

कांग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा न्यूयोर्कका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । बक्ताहरुले देश र जनताका निमित्त गिरिजाप्रसाद कोइरालाले गरेको योगदानको चर्चा गरेका थिए ।


शेरचनले नेपालको ईतिहासमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमा गिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने बताइन् । उनले कोइराला नेपालमा मात्र नभइ दक्षिण एसियामासमेत मानिएको नेता भएको समेत बताइन् ।


कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले कोइलारालाई बिपक्षीको अलोचनालाई पनि सहजढंगले सुन्नसक्ने तागत भएको लोकतान्त्रिक नेता बताए ।


कांग्रेसकै आमन्त्रित केन्दीय सदस्य एवं समिति अमेरिकाका सभापति आनन्द बिष्ट, समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङलगायतले पनि मन्तव्य राखेका थिए ।

प्रकाशित : चैत्र ११, २०७४ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?