२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ओमनमा एनआरएन क्लवको साधारण सभा 

काठमाडौँ — गैरआवासीय नेपाली सामाजीक क्लव, ओमनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

ओमनमा एनआरएन क्लवको साधारण सभा 

क्लवका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन गर्दै ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले ओमनमा कार्यरत नेपालीको हितको लागि दूतावास २४ सै घण्टा क्रियाशील रहेको वताइन् । ‘नेपालीको हितमा सामाजीक क्लवका कार्यमा दूतावासको साथ र समन्वय सधै रहिरहनेछ,’ उनले भनिन्,‘स्थिर सरकार रहेकोले प्रवासमा कार्यरत नेपालीको समस्यालाई समाधानको लागि सम्वोधन गर्न सहज छ ।’

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समितिका सचिव डिवी क्षेत्रीले मध्यपुर्वमा देखिएका नेपालीको समस्यालाई सम्बोधन गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने वताए । ‘स्थायी सरकारले आफ्नो कार्यसम्पादन गरिसकेकोले अब सरोकार निकायलाई काम गर्न सहज छ,’ उनले भने ।

मध्यपूर्व संयोजक आर.के शर्माले मध्यपुर्वका रहेका नेपालीका सवाल साझा भएकोले समाधानका लागि संगठीत रुपमा प्रयास गर्न जरुरी रहेको वताए । क्लवका प्रवक्ता बिकल झाका अनुसार सभामा वर्षभरीको गतिविधिमा छलफल भएको थियो । सभामा आर्थिक बिवरण र एक बर्षे कार्यप्रगति बिवरण पेश भएको थियो ।

अध्यक्ष श्रेष्ठले महाधिवेशनवाट पारित घोषणापत्रको समिक्षा गर्नुको साथै पाइपलाईन रहेको एजेन्डालाई कार्यान्वयन गरिनेमा जोड दिए ।

भेलामा समाजसेवामा सहयोग गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


प्रकाशित : चैत्र १२, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?