कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुटम्बलाई रुचाए विदेशीले

नारायण खड्का

पर्थ, अष्ट्रेलिया — सँधै फरक संगीत सुनिरहेका पश्चिम अष्ट्रेलियाका अष्ट्रेलियालीहरु नेपाली पाराको संगीत सुन्दा मख्ख परे । विहानैदेखि नेपालबाट आएको सांगीतिक ब्याण्ड कुटुम्बलाई सुन्न आएका उनीहरुले साँझसम्म पर्खेर उनीहरुको संगीतको मजा लिए ।

कुटम्बलाई रुचाए विदेशीले

एनआरएन पश्चिम अष्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा सहभागिता जनाउन आइपुगेका कुटुम्बका ६ सदस्यहरु विदेशी दर्शकहरुको उपस्थिती देखेर उत्साहित देखिन्थे । कुटम्बले करिब उनीहरुले करिब १ दर्जन परम्परागत नेपाली भाकालाई संगीतको माध्यमबाट प्रस्तुत गर्‍यो ।

नेपाली भाका र धुन सुनेर विदेशीले भरपुर मनोरञ्जन लिएका थिए । ‘हामीले कुटुम्बलाई कार्यक्रममा बोलाएको मुख्य उद्देश्य समेत विदेशी दर्शकहरुलाई आकर्षित गर्नु नै थियो ।’ कार्यक्रम संयोजक तथा पश्चिम अष्ट्रेलियाका अध्यक्ष दीपक शर्माले कान्तिपुरसँग भने ।

फरक किसिमको संगीत प्रस्तुत गर्दै आएको कुटुम्बका सदस्यहरुले समेत आफ्नो संगीत सुन्न आएका दर्शकहरुलाई धन्यवाद मात्र दिदै नेपाली संगीतलाई माया गरिदिन आग्रह गरे । पश्चिम अष्ट्रेलियाको मुख्य पर्यटकीय स्थल एलिजाबेथ क्यूमा आयोजना भएको कार्यक्रममा घन्किएको नेपाली बाजा परपरसम्म सुनिएको थियो ।

‘यस्तो संगीत आजसम्म हामीले महसुस गरेका थिएनौं ।’ कार्यक्रममा सहभागी हुन आएकी मिसेल बसब्रिजले सुनाईन् । उनले नेपाली कलासंस्कृति मात्र नभएर संगीत समेत मनमोहक भएको सुनाईन् । करिब २ घण्टासम्म चलेको कुटुम्बको सांगितिक कार्यक्रममा विदेशीहरुले नाचेर साथ दिएका थिए । गीतभन्दा पनि नेपाली भाकाहरुलाई संगीतको माध्यमबाट प्रस्तुत गर्दै आएको कुटुम्बको विभिन्न राज्यहरुमा भएका यस पहिलेका कार्यक्रमहरुलाई पनि विदेशीहरुले मन पराएका थिए ।

प्रकाशित : चैत्र १७, २०७४ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?