बेल्जियमवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष 

लुभेन (बेल्जियम) — बेल्जियमको लुभेनमा नेपालीहरुले नयाँ वर्ष मनाएका छन् ।

नेपाली दुतावासको संरक्षकत्व र एनआएएनए बेल्जियमको आयोजनामा ११ औं नेपाल महोत्सव तथा नेपाली नयाँ वर्ष २०७५ मनाएका हुन् ।

बेल्जियमवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष 

बेल्जियममा नेपाल प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्कबहादुर केसीले जानकारी दिए ।


महोत्सवमा नेपाली सामान र नेपाली परिकारका स्टलहरु राखिएका थिए । नेपालबारे जानकारी राख्न र नेपाली खाना चाख्न ठूलो संख्यामा बेल्जियन नागरिक पनि सहभागी थिए । महोत्सवमा सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।


बेनेलक्सका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन केन्द्रीय उपाध्यक्षद्वय कुल आचार्य र सपिला राजभण्डारी, सचिव जानकी गुरुङ, यूरोप संयोजक शिवकुमार बरुवाललगायतको उपस्थित थियो ।


एनआरएन बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन बेल्जियमका उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक खड्कबहादुर केसीले डच भाषामै स्वागत मन्तव्य राखेका थिए ।









प्रकाशित : वैशाख २, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?