२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कतारमा सामूहिक रुपमा नयाँ वर्षको शुभकामना आदनप्रदान 

काठमाडौँ — गैरआवासीय नेपाली संघ, कतारको समन्वयमा ४५ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा नयाँ वर्ष २०७५ शुभकामना आदान प्रदान भएको छ । 

कतारमा सामूहिक रुपमा नयाँ वर्षको शुभकामना आदनप्रदान 

एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा आवश्यकता रहेको नेपाली हाउस बनाउन पहल भइरहेको बताए ।

एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा, नेपाली प्रवासी मञ्च कतारका कार्यवाहक अध्यक्ष द्रोणबहादुर बस्नेत, नेपाली जनसम्पर्क समिति महामन्त्री अजिज अलि, जनप्रगतिशील मञ्चका सहसंयोजक राजु डुम्रे, तराई/मधेस प्रवासी मञ्चका अध्यक्ष हुसेन खान, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक देव परियार, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका महासचिव शिव भुजेल, दलित एकता सञ्जाल, राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष किरण परियारले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले आ-आफ्ना प्रस्तुति गरेका थिए । नेपाल प्रवासी तामाङ समाजबाट सेलो नृत्य र गायन, नेपाल मगर संघबाट हुर्रा नृत्य, तमु समाजबाट सालैजो नृत्य, प्रदेश नं. १ जिल्ला संस्थाको तर्फबाट संखुवासभा समाजवाट मारुनी नृत्य र धनकुटा प्रवासी सेवा समाज कतारबाट गायन, प्रदेश नं २ बाट मैथली नृत्य, प्रदेश नं ३ बाट क्यारी केचर, प्रदेश नं. ४ बाट सामुहिक कौडा नृत्य, प्रदेश नं. ६ र ७ बाट देउडा नृत्य प्रस्तुत गरिएको थियो ।

एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संघ–संस्था समन्वय समितिका संयोजक तेज कटुवालले विभिन्न पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोगबाट प्रवासमा नेपालीले सामुहिक रुपमा नयाँ वर्ष मनाउन पाएको बताए ।

एनआरएन महासचिव बुधवल गुरुङका अनुसार कतारमा स्थापित विभिन्न संघसंस्थाले साझा संस्थाको रुपमा गैरआवासीय नेपाली संघ रहेकोले विभिन्न समयमा चरणबद्ध रुपमा सामूहिक कार्यक्रमहरुको समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।


प्रकाशित : वैशाख २, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?