१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'माइत जाने बाटो'लाई पारिजात पुरस्कार

किसन राई

हङकङ — नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात स्मृति दिवसको अवसर पारेर प्रदान गर्ने पारिजात पुरस्कार यो वर्ष सुनिता गिरीको कविता संग्रह ‘माइत जाने बाटो’लाई प्रदान गरिएको छ । 

'माइत जाने बाटो'लाई पारिजात पुरस्कार

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ताम्रपत्रसहित दुई हजार दुई सय २२ हङकङ डलरको उक्त पुरस्कार यहाँ आयोजित एक कार्यक्रमा गिरीलाई प्रदान गरे ।


पुरस्कार वितरण समारोहमा निर्णायक सिर्जनशील साहित्य समाजका अध्यक्ष तथा कवि हाङयुग अज्ञातले प्राप्त भएका तीन कृतिमध्ये ‘माइत जाने बाटो’लाई उत्कृष्ठ ठहर गरिएको नतिजा सार्वजनिक गरेका थिए । उनका अनुसार पुरस्कारका लागि पूर्णिमा साहको कविता संग्रह ‘सपनाको क्षितिज’ र नरजीत राईको कविता संग्रह ‘मनोबिम्व’ पेश गरिएका थिए ।


फाउण्डेसनका सचिव अमोद राईले हङकङमा नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्बर्धनका लागि विगत तीन वर्षदेखि नियमित पुरस्कार प्रदान गरिएको जानकारी गराएका थिए ।

उनका अनुसार एक वर्षमा हङकङबाट प्रकाशित मध्ये एक उत्कृष्ठ नेपाली साहित्यिक कृतिलाई उक्त पुरस्कार प्रदान गरिने गरिएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?