एनआरएनए थाइल्यान्डले छात्रवृत्ति दिने

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । संघले मेघा बैंकसँगको साझेदारी र स्थानीय साझेदार नागरिक अभियानसँग मिलेर छात्रवृत्ति वितरण गर्न लागेको हो ।

एनआरएनए थाइल्यान्डले छात्रवृत्ति दिने

सामुदायिक विद्यालयमा ९ देखि १२ कक्षामा अध्ययनरत पिछडिएका, भूकम्प वा द्वन्द्व प्रभावित, अपांगता भएका, गरिब, अनाथ वा एकल अभिभावक तथा अपांगता भएका अभिभावकका सन्तानले उक्त छात्रवृत्ति पाउनेछन् । संघका अनुसार छात्रवृत्ति १२ कक्षासम्म अध्ययन गर्नका लागि उपलब्ध गराइनेछ । जसमा विद्यालय पोसाक, जुत्ता खाजादेखि स्टेशनरीसम्म समेटिएको छ ।

प्रकाशित : वैशाख ५, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?