३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कतारमा स्कुलस्तरीय दौडमा नेपाली छात्रा प्रथम 

काठमाडौँ — कतार ओलम्पीक कमिटिद्वारा आयोजित स्कुल स्तरीय सय मिटरको दौडमा ११ वर्षीया नेपाली छात्रा गुल्मीका दिक्षा खड्का प्रथम भएकी छिन् ।

कतारमा स्कुलस्तरीय दौडमा नेपाली छात्रा प्रथम 

उनी कतारस्थित शान्तिनिकेतन भारतीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । दिक्षा एक कक्षादेखि नै कतारमा अध्ययनरत छिन् । प्रतियोगितामा १६ स्कुलका छात्राहरुले प्रतिस्पर्धा गरेका थिए । दिक्षाका वावु शिब खड्काले छोरीको जीतबाट आफु निकै खुसी भएको बताए ।


‘प्रतियोगितामा सहभागी धेरै देशबाट कतारमा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । नेपालीले जित्दा खुसी लागेको छ ।,’ उनले भने । शान्ति निकेतनमा झन्डै दुई दर्जन नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित : वैशाख ६, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?