३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यूएईमा नेपाली खेलाडीलाई ६ स्वर्ण पदक

काठमाडौँ — युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न १४ औं नेसनल जेकेएस कराँते च्याम्पियनसीपमा दुबईस्थित नेपाली टिम एभरेस्ट मार्सल आर्टका खेलाडीले ६ स्वर्ण, ५ रजत र एक काँश्य पदक जितेका छन् ।

यूएईमा नेपाली खेलाडीलाई ६ स्वर्ण पदक

प्रतियोगितामा महिलातर्फ केञ्जल श्रेष्ठले १० वर्षमुनिको समूहमा काता र कुमुते गरी दुई स्वर्ण हात पारेकी छन् । आशना पाण्डेले १२ वर्षमुनिको समूहअन्तर्गत कुमुतेमा स्वर्ण र कातामा रजत गरी दुई पदक जितेकी छन् ।


पुरुषतर्फ विजय तामाङले जुनियरतर्फको ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् भने सरोज पाख्रिनले सिनियरतर्फको ५५ केजी समूहमा स्वर्ण पदक हात पारे । लक्ष्मण थापाले ब्ल्याक बेल्टको ५५ केजी तौल समूहमा स्वर्ण पदक र कातामा पनि रजत पदक जित्न सफल भए ।


जुनियर कुमुतेअन्तर्गत ५५ केजी तौल समूहमा विनोद राई, ६५ केजी तौल समूहमा राम तामाङ र ६० केजी तौल समूहमा दिनेश सिंह ऐयरले रजत पदक हात पारेका छन् । ऐयरले कातातर्फ पनि रजत पदक जित्न सफल भएका छन् ।


प्रतियोगिताको उद्घाटन समारोहमा एभरेस्ट मार्सल आर्ट क्लबकी सुनिता खनालले रोमाञ्चक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन दिलाउन सफल भएकी थिइन् ।


एभरेस्ट मार्सल आर्टका तर्फबाट निर्णायक मण्डलमा डाइरेक्टर रबि शाही, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए । कोचमा पर्शुराम घिमिरे र अफिसियलमा भानुभक्त पौडेल, मदन अधिकरी, कमल पोख्रेल र टिम मेनेजर पवित्र भण्डारी रहेका थिए ।


कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका अध्यक्ष सीपी सापकोटा, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, जनसम्पर्क समिति यूएईका अध्यक्ष खेमराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


यूएई नागरिक क्याप्टेन अहमद समिदी महमद अल जोरोनी, यूएई करााते फेडेरेसनका जनरल सेक्रेटरी र जेकेएसका अध्यक्ष क्याप्टेन अब्दुला बिन बयानिसले बिजेता खेलाडीहरूलाई मेडल तथा ट्रफी वितरण गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?