२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अमेरिकामा नेपाल दिवस 

काठमाडौँ — अमेरिकामा दोस्रो नेपाल दिवस मनाइएको छ । अमेरिकाको नर्थ क्यरोलाइना राज्यको मेरिसभिल सहरमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजनामा नेपाली दिवस मनाइएको हो ।

अमेरिकामा नेपाल दिवस 

अमेरिका स्थित नेपाली दूतावास,अमेरिकाको दक्षिण पूर्वीक्षेत्रमा क्रियाशील नेपाली संघसंस्थाहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा नेपालको सांस्कृति र विविधता झल्किने किसिमका प्रस्तुतिहरु देखाइएको थियो ।


अप्रिल २१ मा आयोजना गरिएको सो कार्यक्रममा नेपालीहरुले परेड समेत प्रस्तुत गरेका थिए । स्थानिय सिडर फोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म परेडको गरिएको थियो । परेडमा नेपाली सांस्कृति नेपाली सांस्कृति परिचय बोकेको झाँकी प्रदर्शन गरिएको एनसीएनसीका बोर्ड अफ ट्रष्टी तथा नेपाल दिवस कार्यक्रमका संयोजक डाक्टर ठाकूर बाबु कार्कीले जानकारी दिए ।


अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले विदेशमा रहेर आफ्नो देशको संस्कृति प्रबद्र्धनका लागि सामुहिक स्तरमा भएको प्रयासलाई प्रंशसा गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे ।


कार्यक्रममा मेरिसभिल सहरका पूर्व मेयर मार्कले नर्थ क्यारोलाइनालाई आर्थिक,सामाजिक र सांस्कृति रुपमा धनी बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिको रहेको र त्यसैको सम्मान स्वरुप मेरिसभिलटाउनले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको स्मरण गराएका थिए ।


कार्यक्रममा नर्थ क्यारेलाइनाका सिनेटर जय चौधरी,वेक काउन्टिकी कमिस्नर जेसिका होल्म्स,मेरिस्भिलका मेयर टिजे कवली,काउन्सिल मेम्बर स्टिब राव लगायतले नर्थ क्यारोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्ना सांस्कृति पहिचान जोगाइ राख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?