कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एनआरएनएद्वारा टोपबहादुर बिकका लागि संकलन गरेको एक लाख दिराम दूतावासलाई हस्तान्तरण

होम कार्की

काठमाडौँ — गैरआवासीय नेपाली संघ, यूएईले टोपबहादुर बिकका लागि संकलित एक लाख दिराम (करिब २९ लाख रुपैयाँ) नेपाली दूतावासलाई शनिबार हस्तान्तरण गरेको छ ।

एनआरएनएद्वारा टोपबहादुर बिकका लागि संकलन गरेको एक लाख दिराम दूतावासलाई हस्तान्तरण

यूएईमा क्रियाशील विभिन्न नेपाली समाजसँग समन्वय गरी एनआरएनले रकम संकलन गरेको थियो । एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई रकम हस्तान्तरण गरेका हुन् ।


यूएईमा कार्यरत खैरेनी, चितवनका बिकले थाइल्याण्डका नागरिकलाई ब्लडमनि वापत एक लाख दिराम बुझाउनुपर्ने भएपछि एनआरएनए युएईले सहयोग रकम जुटाएको हो । २ जुन २०१४ मा क्रेन दुर्घटना हुँदा दुई थाई नागरिकको मृत्यु भएको थियो ।

अदालतले ब्लडमनि वापत चार लाख दिराम दिनुपर्ने फैसला गरेको थियो । जसमध्ये कम्पनीको तर्फबाट दुई लाख दिराम र क्रेन अपरेटर र टोपबहादुरको जिम्मेवारीमा एक–एक लाख दिराम परेको थियो ।

‘टोपबहादुर एउटा कम्पनीमा क्रेन अपरेटरका हेल्पर थिए । टोपबहादुर र क्रेन अपरेटरको समन्वयको अभावले थाइल्याण्डका दुई नागरिकको ज्यान गएको भन्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अदालतले पीडित परिवारलाई ब्लडमनि वापत टोपबहादुरले एकलाख दिराम तिर्नुपर्ने फैसाला सुनायो । उनले यो रकम तिर्न नसक्ने भएपछि हामीले रकम संकलन गरेको हो । सवैको साथ र सक्रियताले यो सम्भब भयो ।’

घटनापछि टोपबहादुरलाई ६ महिना जेल राखिएको थियो । कम्पनी वन्द भएपछि उनी कामविहीन भएर बसेका छन् । अदालतले तोकेको रकम नुबझाएसम्म उनी स्वदेश फिर्न नपाएका हुन् ।


प्रकाशित : वैशाख १६, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?