नेपाली व्यवसायी संघ नेदरल्याण्डमा श्रीराम कंडेल

काठमाडौँ — नेदरल्याण्डसमा नेपाली भाषी व्यवसायीहरुको एक भेलाले नेपाली व्यवसायी संघ नेदरल्याण्ड गठन गरेको छ । भेलाबाट व्यवसायी श्रीराम कंडेल अध्यक्ष र निशान सापकोटा महासचिव सहित १७ सदस्सीय कार्य समिति चयन भएको छ । 

नेपाली व्यवसायी संघ नेदरल्याण्डमा श्रीराम कंडेल

नेपालीहरुले सञ्चालन गरेको व्यवसायको व्यवसायिकता अभिवृद्धि र स्थापित गर्न, इच्छुक नयाँ व्यवसायीहरुलाई व्यवसाय गर्दा जानकारी, सहयोग गर्ने र परोपकारी काम गर्ने उद्धेश्यले संस्था खोलिएको जनाइएको छ ।


नेदरल्याण्डमा पाँच दर्जनभन्दा बढि नेपालीहरुको व्यवासायहरु संचालित छन् ।

व्यवसायीहरुले स्थानिय कानुनी प्रक्रिया पश्चात नेपाल नेदरल्याण्ड्स च्याम्बर अफ कमर्श खोल्ने लक्ष्य लिएका छन् । यसबाट नेदरल्याण्डको सीप तथा प्रविधिलाई नेपाल लैजाने र नेपालको उत्पादन नेदरल्याण्ड लगायत युरोपेली मुलुकमा ल्याउन सहज हुने विश्वास लिइएको छ ।


नेपालका लागि डच कन्सुलर काष्ट डी स्टापलरले डच र नेपाली भाषी व्यवसायीहरुको साझा मञ्च निर्माण गरेर अगाडि बढेमा नेपाल नेदरल्याण्ड च्याम्बर अफ कमर्शको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

प्रकाशित : वैशाख १८, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?