कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मलेसियामा एक नेपाली युवाको मृत्यु

क्वालालम्पुर — मलेसियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ । जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत सन्धिखर्क संखुवासभाका दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३.१० बजेतिर गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । 

मलेसियामा एक नेपाली युवाको मृत्यु

ज्यापुडा नामक कम्पनी मातहतमा त्यहाँको एक सुपरमार्केटको सुरक्षार्थ खटिएका शेर्पा काम गरिरहेकै स्थानमा एकजना स्थानीयले चलाएको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको उक्त कम्पनीमा कार्यरत दुर्गा गुरुङले जानकारी दिए ।


चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाउँदा अनियन्त्रित भइ उक्त दुर्घटना भएको बताइएको छ । शेर्पा करिब ४ वर्षअघि मलेसिया आएका थिए । उनको परिवारमा श्रीमती र तीन छोराछोरी रहेका जनाइएको छ । मृतक शेर्पाको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।


प्रकाशित : वैशाख २९, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?