२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

म्यानपावर कम्पनीसँग ‘आवद्ध’ मलेसियास्थित नेपाली दूतावासका कर्मचारी हटाइए

क्वालालम्पुर — मलेसियास्थित नेपाली दूतावासले स्थानीय कर्मचारी प्रविन प्रधानलाई जिम्मेवारीबाट हटाएको छ । प्रधान काठमाडौंस्थित एक म्यानपावर कम्पनीसँग ‘आबद्ध’ रहँदै आएको समाचारहरु प्रकाशित भएपछि दूतावासले सवारी चालक प्रविन प्रधानलाई पदबाट हटाएको हो । 

म्यानपावर कम्पनीसँग ‘आवद्ध’ मलेसियास्थित नेपाली दूतावासका कर्मचारी हटाइए

दूतावासले बुधबार एक सूचना जारी गर्दै उनी नेपाली दूतावासको कुनैपनि जिम्मेवारीमा नरहेको उल्लेख गरेको छ । सूचनामा हटाउनुको कारणबारे केही पनि उल्लेख गरिएको छैन । ‘उहाँ म्यानपावर कम्पनीसँग आवद्ध हुनुहुन्छ भन्ने हामीलाई थाहा थिएन,’ दूतावास स्रोतले भन्यो, ‘पछिल्लो समय विभिन्न समाचारहरु आयो र दूतावासको आफ्नो छविको ख्याल गर्दै जिम्मेवारीबाट हटाइएको हो ।’

प्रधान काठमाडौंको गौशलास्थित उत्सव एचआर सोलुसन प्रालिको कार्यकारी निर्देशक रहेको समाचारहरु सार्वजनिक भएका थिए । दूतावासका अनुसार उनी करिब ५ वर्षअघिदेखि दूतावासमा राजदूतको निजी सवारी चालकका रुपमा कार्यरत थिए ।


प्रकाशित : जेष्ठ १०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?